Maternal and Child Health Project
Dang
समुदाय स्तरको गतिबिधि अनुगमन
मिति २०७६ पुष ५ र ६ गते आम्दा माइन्ड्स काठमान्डौ Acting Country Director Kayeko Okuda द्वारा यस परियोजना बाट संचालित समुदाय स्तरका गतिविधिहरु को सुपरिबेक्षन् तथा अनुगमन गर्नु भएको छ । परियोजनाका कार्यक्रम प्रवन्धक राजेन्द्र रुचालाको संयोजकत्वमा पुष ५ गते वडा नम्बर १ को सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण स्थल को अबलोकन गरिएको छ । सुरुवाती चरण मा छनौट गरिएको निर्मांस्थल बन कार्यालयको स्वामित्वमा रहेको ले वडा अध्यक्ष को पहल मा हाल नया ठाउ मा भवन निर्माण स्थल तोकिएको छ । यसैगरी Ms. Okuda ज्यु द्वारा पुष ६ गते वडा नम्बर ३ को खाज्रौता गाउँ र वडा नम्बर २ को महादेवा गाउँमा सामुदायिक स्वास्थ्य परिचालक द्वारा प्राबिधिक सहयोग भैरहेको स्वास्थ्य आमा समुहको मासिक बैठक को पनि अनुगमन गर्नुका साथै स्वास्थ्य परिचालक हरुलाई आबस्यक सलाहा तथा सुझाब दिनुभएको थियो
स्वास्थ्य चौकी लाइ सामग्री वितरण
मिति २०७६ पुष ३ गते गढवा गाउँ पालिका लाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरे पश्चात परियोजना द्वारा उक्त सामाग्रीहरु सम्बन्धि स्वास्थ्य चौकीहरुमा वितरण गरिएको छ । पालिकाका चार वटै स्वास्थ्य चौकीका प्रमुख र ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष संगको समन्वयमा उक्त सामाग्रीहरु स्वास्थ्य चौकीमा वितरण गरिएको छ । साथै उक्त सामाग्रीहरुको उचित प्रयोग तथा ब्यबस्थापनको निरन्तर अनुगमनको लागि परियोजनाका सामुदायिक स्वास्थ्य परिचालकहरु लाइ जिम्बेवारी दिईएको छ ।
स्वास्थ्य आमा समुहको बैठक सहजीकरण मा निरन्तरता
यस परियोजना द्वारा समुदाय स्तरमा संचालन गर्ने विभिन्न कार्यक्रम अन्तर्गत सामुदायिक स्वास्थ्य परिचालक द्वारा स्वास्थ्य आमा समुहको मासिक बैठक मा सहजीकरण गर्ने काम निरन्तर चलिरहेको छ । गत हप्ता गाउपलिकाको गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ का जेठानगाँउ, पत्रिगां, चिसापानी र रगंसिगं, वडा न. २ का पचाहिया, घुस्रा र धैरेनी, वडा न. ३ को गोबरडिहा, वडा न. ४ को पर्शेनी, वडा न. ५ को मगहर र सोनपुरुवा वडा न. ६ का प्रगतिनगर, अत्तरबेदुवा, मनिकापुर, वडा न. ७ का चन्दनपुर, भोजपुर र घोराहा (हस्पितल रोड) र वडा न. ८ कोइलाबास को नयाबजार, डाँडागाँउ र खबरीनाका मा गरि जम्मा २३ स्थान मा स्वास्थ्य आमा समुहको बैठकमा सहजीकरण भएको छ ।
खोप क्लिनिक तथा गाउँ घर क्लिनिकमा आम्दा नेपालको प्राबिधिक सहयोग
आम्दा नेपालका सामुदायिक परिचालकद्वारा पालिका भित्रका चारै वटा स्वास्थ्य चौकी अन्तर्गतका गाउँघर क्लिनिक र खोप क्लिनिक मा प्राबिधिक सहयोग गरेका छन् । परियोजनाका स्वास्थ्य परिचालक बर्षा पाण्डे र सुनिता चौधरी क्रमस गोबरडिहा स्वास्थ्य चौकी अन्तर्गत महदेवा, कालाकाते र गोबरडिहा स्वास्थ्य चौकी, अनुशा यादव गढवा स्वास्थ्य चौकी अन्तर्गत मनिकापुर र गंगापरास्पुर स्वास्थ्य चौकी र राजाराम चौधरी कोइलाबास स्वास्थ्य चौकी अन्तर्गत मुसिनाका, खबरीनाका र कोइलाबास स्वास्थ्य चौकी मा संचालित गाउँघर क्लिनिक तथा खोप क्लिनिकको सेवा प्रबाह मा प्राबिधिक सहयोग तथा सेवा ग्राही लाइ आबस्यक स्वास्थ्य शिक्षा प्रदान गर्नु भएको थियो