Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-12-23
Expiry Date: 2019-12-30

AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
जिल्ला स्तरीय समन्वयात्मक बैठक
मिति २०७६ मंसिर २५ गते आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजनाले जिल्ला स्तरीय सरोकारवालाहरुसंग समन्वयात्मक बैठक सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति घोराही दाङको सभाहलमा संचालित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, सहायक जिल्ला समन्वय अधिकारि, समितिका पदाधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार माहासंघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा परियोजनाका कार्यक्रम अधिकृत रोहित श्रेष्ठ द्वारा परियोजनाले हालसम्म गरेका गतिबिधिहरु तथा आगामी कार्य योजनाको बारेमा जानकारी तथा छलफल भएको थियो ।

प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी
दाङ जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाका स्वास्थ्य संस्था संचालन तथा ब्यबस्थापन समितिको क्षमता अभिब्रीद्धि गर्ने उध्यस्यले जिल्ला स्वास्थ्य कार्यालयको आयोजा तथा स्वास्थ्यका लागि सक्षम प्रणाली को समन्वय र सहयोगमा घोराही दाङमा स्वास्थ्य संस्था संचालन तथा ब्यबस्थापन समितिको क्षमता अभिब्रिद्दी सम्बन्धि ३ दिने प्रशिक्षक प्रशिक्षणतालिम सम्पन्न भएको छ । उक्त प्रशिक्षक प्रशिक्षणतालिममा यस परियोजनाका कार्यक्रम प्रबन्धक श्री राजेन्द्र रुचाल सहभागी हुनु भएको छ । तालिम पश्चात गढवा गाउँपालिकाका स्वास्थ्य संस्था ब्यबस्थापन समिति हरुको तालिम आम्दा नेपालको सहयोग तथा समन्वयमा संचालन गर्ने कार्यक्रम रहेको छ ।

गाउँपालिकास्तरीय परियोजना सलाहकार समितिको बैठक
मिति २०७६ पुष ३ गते आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजनाले गाउँपालिकास्तरीय परियोजना सलाहकार समितिको दोस्रो बैठक सम्पन्न गरेको छ ।  समितिका संयोजक तथा गाउँपालिकाका अध्यक्ष श्री सहजराम यादवको सभापतित्वमा संचालन गरिएको कार्यक्रममा समितिका सदस्य सचिब तथा परियोजनाका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले परियोजनाद्वारा हाल सम्म समुदायस्तरमा गरिएका गतिबिधि तथा स्वास्थ्य संस्था भवन निर्माण प्रक्रियाको प्रगतिको बारेमा प्रस्तुत्ति गर्नु भएको थियो। कार्यक्रममा आम्दा नेपाल केन्द्रीय कार्यालय बाट परियोजना संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठ र बरिस्ठ प्रसासक श्री सुदेश रेग्मी ज्यु को उपस्थिति रहेको थियो भने आम्दा माइन्ड्स बाट Acting Country Director Ms Kaeko Okuda, परियोजना संयोजक श्री रघुनाथ अधिकारि र परियोजना अधिकृत प्रदीपराज पन्त को उपस्थिति रहेको थियो ।

आम्दा नेपाल द्वारा गाउँपालिका लाइ सामग्री हस्तान्तरण
मिति २०७६ पुष ३ गते गढवा गाउँ पालिका मा विषेस कार्यक्रम आयोजना गरि आम्दा नेपाल केन्द्रीय कार्यालय का परियोजना संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठ द्वारा गाउँ पालिका का अधक्ष श्री सहजराम यादब लाइ करिब ११ लाख बराबर को स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । उक्त सामाग्री हस्तान्तरण कार्यक्रम मा आम्दा नेपाल केन्द्रीय कार्यालय का बरिस्ठ प्रसासक श्री सुदेश रेग्मी, आम्दा माइन्ड्स बाट Acting Country Director Ms Kaeko Okuda, परियोजना संयोजक श्री रघुनाथ अधिकारि र परियोजना अधिकृत प्रदीपराज पन्त को उपस्थिति रहेको थियो ।

त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न
मिति २०७६ पुष ४ गते यस मातृशिशु स्वास्थ्य परियोजनाको दोस्रो समिक्षा गोष्ठी सम्पन्न भएको छ । देउखुरी सामुदायिक पुस्तकालयमा संचालन गरिएको उक्त कार्यक्रममा परियोजनाका कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले स्वागत गर्दै कार्यक्रमको सुरुवात गर्नु भएको थियो भने कार्यक्रम अधिकृत रोहित श्रेष्ठले परियोजनाका हालसम्मका गतिबिधि तथा आगामी योजना हरुकोबारेमा जानकारी गराउनुभयो। परियोजनाका बित्ता तथा प्रसासन अधिकृत सुदन ओली बाट परियोजनाको हालसम्मको खर्च विवरण तथा प्रसासनिक गतिबिधिको बारेमा प्रस्तुत गर्नुभएको थियो भने सामुदायिक स्वास्थ्य परिचालक द्वारा समुदाय स्तरमा काम गर्दाको अनुभब, प्रगति, समस्या तथा चुनौतीको बारेमा बताएका थिए । कार्यक्रममा आम्दा नेपाल केन्द्रीय कार्यालयका बरिस्ठ प्रसासक सुदेश रेग्मी र आम्दा माइन्ड्सका कार्यक्रम संयोजक रघुनाथ अधिकारिले परियोजना ब्यबस्थापन निर्देशिका माथि बोल्नु भएको थियो । साथै आम्दा माइन्ड्सका कार्यक्रम अधिकृत प्रदीपराज पन्त ले परियोजनाको दोस्रो वर्षको कार्य योजनाको बारेमा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै आम्दा नेपाल केन्द्रीय कार्यालयका परियोजना संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठले समुदायको आबस्यकतालाइ मध्यनजर गर्दै सम्बन्धित निकायसंग समन्वय गरि परियोजनाका गतिबिधि अगाडी बढाउनु पर्ने तथा परिणाममुखी काममाबढी ध्यान दिनकोलागि परियोजनालाइ  सल्लाह तथा सुझाब दिनु भएको थियो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.