Published Date: 2019-12-09
Expiry Date: 2019-12-16
AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
- महिला स्वास्थ्य स्वयं सेविका दिवस कार्यक्रम सम्पन्न
मिति २०७६ मंसिर १९ गते गढवा गाउँपालिका स्वास्थ्य साखाको आयोजना तथा आम्दा नेपाल मातृ तथा शिशु स्वास्थ्य परियोजनाको आर्थिक तथा प्राबिधिक सहयोगमा १६ औ महिला स्वास्थ्य स्वयं सेविका दिवस को अवसर पारि विभिन्न कार्यक्रम सम्पन्न भएको छ । “गाउँ नगरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रबर्द्धन मा अहम भूमिका” भन्ने मूल नाराकासाथ गाउँपालिकाका चार वटै स्वास्थ्य चौकीमा र्याली र स्वयंसेविकालाई सम्मान तथा प्रोत्साहान कार्यक्रम सम्पन्न गरिएको छ । स्वास्थ्य क्षेत्रमा स्वयं सेविकाले निभाएको भूमिकालाइ उच्च कदर गर्दै प्रत्येक स्वास्थ्य चौकी अन्तर्गत उत्कृस्ट काम गर्ने स्वयंसेविका लाइ सम्मान तथा प्रसंसा पत्र प्रदान गरिएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी साखा दांग र सुआहारा को पनि समन्वय तथा सहकार्य रहेको थियो ।
- लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियानमा आम्दा नेपालको प्राबिधिक सहयोग
“समानताको पुस्ता, बलात्कार बिरुद्ध एक्यबद्धता” भन्ने नाराकासाथ गढवा गाउँपालिकाद्वारा आयोजना गरिएको लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियानमा आम्दा नेपालका कर्मचारीद्वारा प्राबिधिक सहयोग तथा सहजीकरण गरिएको छ। गाउँपालिकाका प्रत्येक वडामा आयोजना गरिएको लैंगिक हिँसा सम्बन्धि जनचेतना मुलक कार्यक्रममा वडा नम्बर ७, ४, ३, र ६ मा आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजनाका सामुदायिक परिचालकले आवस्यक सहयोग गरेकाथिए भने परियोजनाका कार्यक्रम प्रवन्धक राजेन्द्र रुचालले लैंगिक हिंसा र यस बाट महिला हरुको स्वास्थ्य तथा समग्र जीवन चक्रमा पर्न गएको समस्याको बारेमा सहजीकरण गर्नु भएको थियो।
- खोप क्लिनिक तथा गाउँ घर क्लिनिकमा आम्दा नेपालको प्राबिधिक सहयोग
आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गंगापरस्पुर स्वास्थ्य चौकी, गोबरडिहा स्वास्थ्य चौकी र गढवा स्वास्थ्य चौकी अन्तर्गतका गाउँघर क्लिनिक र खोप क्लिनि मा प्राबिधिक सहयोग गरेका छन् । परियोजनाका स्वास्थ्य परिचालक अनुषा यादव र वर्षा पाण्डेले क्रमस गंगापरस्पुर स्वास्थ्य चौकी अन्तर्गत धरमपुर, गोबरडिहा स्वास्थ्य चौकी अन्तर्गत कुलापानी र गढवा स्वास्थ्य चौकी मा संचालित गाउँघर क्लिनिक तथा खोप क्लिनिकको सेवा प्रबाह मा प्राबिधिक सहयोग तथा सेवा ग्राही लाइ आबस्यक स्वास्थ्य शिक्षा प्रदान गर्नु भएको थियो
- आमा समुहको मासिक बैठक मा आम्दा नेपालको प्राबिधिक सहयोग
समुदायस्तरमा मातृशिशु स्वास्थ्यको अबस्थामा सुधार ल्याउन आम्दा नेपालले प्रत्येक गाउँका स्वास्थ्य आमा समूहको क्षमता अभिवृद्धि गर्ने काम गरिरहेको छ। आम्दा नेपालका सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गत हप्ता गढवा गाउँ पालिका अन्तर्गत वडा न. ४ को पर्सा र कतियाँनगाउँ र वडा नम्बर ५ को बाँकी, बोदिपुर र झाली गरि जम्मा ५ स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका छन् ।
- जिल्ला स्तरीय समन्वय भेट कार्यक्रम
मिति २०७६ मंसिर २२ गते यस परियोजनाका कार्यक्रम अधिकृत रोहित श्रेष्ठ, प्रसासन तथा बित्ता अधिकृत सुदन ओली र आम्दा माइन्ड्सका इन्जिनियर नबिन अधिकारि द्वारा जिल्ला समन्वय कार्यालय घोराहीका प्रमुख जितेन्द्रमान नेपाली तथा जिल्ला समन्वय अधिकारि काशिराम गैरे संग समन्वय भेट गरि परियोजनाको बारेमा छलफल गर्नु भएको छ। छलफलद्वारा यही मिति २०७६ मंसिर २७ गते जी. स. स. को सभाहलमा आम्दा नेपाल र जिल्ला स्तरीय सरोकार वालाहरूबीच समन्वय बैठक बस्ने कार्यक्रमको तय भएको छ ।