Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-04-15
Expiry Date: 2019-04-21

आम्दा नेपाल, के.का.
साप्ताहिक समाचार
(मिति २०७५१२१८ देखि २०७६०१०१)
 
१. आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघ विच बैठक सम्पन्न
आम्दा नेपाल अन्तरगत सञ्चालित सिद्दार्थ बाल तथा महिला अस्पतालको स्थापनाका लागी मिति २०५५।०४ मा सम्पन्न त्रिपक्षिय संझौताका पक्षधर आम्दा नेपाल र बुटवल उद्योग बाणिज्य बीच मिति २०७५।१२।२७ गते आम्दा नेपालको केन्द्रीय कार्यालय भवनमा ऐतिहासिक बैठक सम्पन्न भएको छ । बैठकमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वअध्यक्षहरू लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैठकमा सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवललार्इ संझौताको मर्म अनुरूप त्यस क्षेत्र भरोसायोग्य, स्तरिय तथा नमुना अस्पतालको रूपमा विकाश गर्न आवश्यक योजनाका विषयमा गहन छलफल र समझदारी कायम भएको छ ।
२. हावाहुरी प्रभावित क्षेत्रमा मानवीय सहयता प्रदान
मिति २०७५।१२।१७ गते आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सा जिल्लाका केही भागमा असर पारि धनजनको क्षति भएकोमा आम्दा नेपालबाट प्रभावित क्षेत्रको भुमही भलबरिया गाँउपालिका क्षेत्रमा मिति २०७५।१२।२३ र २४ गते मानवीय सहायता कार्यक्रम अन्तरगत राहत बितरण र स्वास्थ्य शिबिर सञ्चालन गरी सेवा प्रदान गरिएको छ । राहत वितरण र स्वास्थ्य शिविर सञ्चालनका लागी आम्दा नेपालबाट केही चिकित्सक, स्वास्थ्यकर्मी लगायत जम्मा ७ जना स्वयंसेवकहरू परिचालन गरिएको थियो । उक्त राहत बितरणमा प्रभावित क्षेत्रका करिब २०० घरपरिवारलार्इ राहत बितरण गरियो र जम्मा ८४ जना विरामीहरूको स्वास्थ्योपचार गरिएको थियो ।
३. कर्मचारी छनौट
मिति २०७५।१२।२२ गते आम्दा नेपाल अन्तरगत रिक्त पदहरूमा पदपूर्तिका लागी सूचना (सूचना नं.६४१७) प्रकाशन गरेकोमा मिति २०७५।१२।३० गते शिमाजु डेन्टल क्लिनिकका लागी डेण्टल अधिकृत पदको पदपूर्तिको लागी परिक्षाफल प्रकाशन गरिएको छ ।

साप्ताहिक कार्ययोजना
(२०७६०१०२ देखि २०७६०१०८ सम्म)
  1. नागरिक वडापत्र अध्यावधिक ।
  2. चौमासिक समिक्षा बैठक ।
  3. तालिम तथा अभिमुखिकरण कार्यहरू

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.