Published Date: Jul 10, 2024
Expiry Date: Jul 14, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०३।२४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।१६ देखि २०८१।०३।२२ गतेसम्म (ई.सं. २०२४, २७औं हप्ता) ।
साप्ताहिक अंक: २७/२०२४
१. लुम्बिनी प्रदेश स्वास्थ्य मंत्रीद्वारा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको भ्रमण
मिति २०८१/०३/१६ गते आइतवारका दिन लुम्बिनी प्रदेश स्वास्थ्य मंत्री माननीय दिपेन्द्र कुमार पुन मगरज्यूले आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको भ्रमण गर्नुभयो । माननीयज्यूलाई मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यूले स्वागत गर्नुका साथै सहजीकरण गर्नुभएको थियो भने साथमा मेट्रोन श्री सुशिला विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।।
२. ‘HMIS/ELMISDHIS तथा अन्य सूचनाहरूको एकीकृत समिक्षा कार्यक्रम’ मा सहभागिता
मिति २०८१/०३/२४ गतेदेखि २०८१/०३/२६ गतेसम्म बुटवलमा संचालन हुने ‘HMIS/ELMISDHIS तथा अन्य सूचनाहरूको एकीकृत समिक्षा कार्यक्रम’ मा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालमा कार्यरत मेडिकल रेकर्डर श्री हेमन्ती चौधरीलाई सहभागिताका लागि पठाइयो ।
३. स्टाफ नर्स तथा फार्मेसी सहायकहरूको छनोट
आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालमा रिक्त रहेका ५ वटा स्टाफ नर्स र २ वटा फार्मेसी सहायक पदका लागि मिति २०८१/०३/१३ गतेको बुटवल टुडे राष्ट्रिय दैनिकमा प्रकाशित पदपूर्ति विज्ञापन अनुसार आवेदकहरूको मिति २०८१/०३/२० गते लिखित परिक्षा र मिति २०८१/०३/२१ गते अन्तर्वार्ता सम्पन्न गरि ५ जना स्टाफ नर्स र २ जना फार्मेसी सहायकको छनोट गरियो ।
तस्विरहरू:
आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको अवलोकन गर्नुहुँदै लुम्बिनी प्रदेश स्वास्थ्य मंत्री माननीय दिपेन्द्र कुमार पुन मगरज्यू । |
धन्यबाद !