Siddhartha Children and Women Hospital

Published Date: Jun 25, 2024
Expiry Date: Jun 29, 2024

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०३।१०  गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।०२ देखि २०८१।०३।०८ गतेसम्म (ई.सं. २०२४, २५औं हप्ता) ।
साप्ताहिक अंक: २५/२०२४

१. ‘अपरेशन थिएटर व्यवस्थापन सम्बन्धी तालिम’ को समापन
मिति २०८१/०३/०४ का दिन आम्दा-नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालमा मिति २०८१/०१/२६ गतेदेखि संचालित भैआएको ‘अपरेशन थिएटर व्यवस्थापन सम्बन्धी तालिम’ को समापन कार्यक्रम सम्पन्न भयो । सि.बा.म. अस्पतालका मे.सु. डा. बिनोद कुमार पराजुलीज्यूको अध्यक्षतामा संचालित यस ४२ दिने तालिमको समापन सत्रमा लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्र उप-प्रमुख श्री भुवन कुँवर, सि..बा.म.अस्पतालका मेट्रोन श्री सुशिला विश्वकर्मा, तालिम संयोजक श्री राधा हेमचुरी र प्रशासक श्री खगेन्द्र क्षेत्री उपस्थित रहनुभएको थियो । प्रशिक्षार्थीहरूले आफ्नो अनुभव र सिकाई प्रस्तुत गरेको उक्त समापन सत्रमा मे.सु. डा. बिनोद कुमार पराजुलीज्यूबाट प्रशिक्षार्थीहरूलाई प्रमाण-पत्र समेत वितरण गरिएको थियो ।
 
२. कार्यसम्पादन मूल्यांकन सम्बन्धमा अभिमूखीकरण   
मिति २०८१/०३/०३ तथा मिति २०८१/०३/०६ का दिन अस्पतालका इकाई इन्चार्जहरूका लागि ‘कार्य सम्पादन मूल्यांकन निर्देशिका’, इकाई प्रमुखहरूको भूमिका र दायित्व तथा प्रभावकारी का.स.मु. का लागि संवेदनशील कार्य र नियमित कार्यहरूको पहिचान सम्बन्धमा छलफल भयो । कार्यक्रमको सहजीकरण प्रशासक श्री खगेन्द्र क्षेत्री तथा प्रधानाचार्य श्री सरिता रावलले गर्नुभएको थियो ।
 
३. १०औ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
मिति २०८१/०३/०७ का दिन “स्वयं र समाजका लागि योग (Yoga for Self and Society)” को नारा सहित १०औ अन्तर्राष्ट्रिय योग दिवस सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा योग गरेर मनाइयो । मे.सु. डा. विनोद कुमार पराजुलीज्यूको अध्यक्षता सम्पन्न कार्यक्रमको सहजीकरण प्रधानाचार्य श्री सरिता रावलज्यूले गर्नुभएको थियो भने प्रशिक्षण योग शिक्षक श्री ज्ञानु कार्कीले गर्नुभएको थियो ।
 
४. ८ थान प्यासेन्ट मोनिटर सहयोग प्राप्त     
मिति २०८१/०३/०८ का दिन सिद्धार्थ बाल तथा महिला अस्पताललाई सिद्धार्थ बैंक लिमिटेडबाट सहयोग स्वरूप ८ थान प्यासेन्ट मोनिटर प्राप्त भयो । सामाजिक उत्तरदायित्व वहन गर्दै ८ थान प्यासेन्ट मोनिटर उपलब्ध गराएकोमा अस्पताल परिवार  सिद्धार्थ बैंक लिमिटेड, बुटवल शाखाप्रति आभार प्रकट गर्दछ । दुवै पक्षको आपसी समझदारीमा मिति तय गरि उक्त सामग्रीको औपचारिक हस्तान्तरण लिइनेछ ।
  
तस्विरहरू:
‘अपरेशन थिएटर व्यवस्थापन सम्बन्धी तालिम’ को समापन कार्यक्रम
इकाई इन्चार्जहरूका लागि ‘कार्य सम्पादन मूल्यांकन’ सम्बन्धी अभिमुखीकरण 
१०औ अन्तर्राष्ट्रिय योग दिवस
सिद्धार्थ बैंक लिमिटेडबाट सहयोग स्वरूप प्राप्त ८ थान प्यासेन्ट मोनिटर
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map