Published Date: Jun 19, 2024
Expiry Date: Jun 22, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०३।०३ गते, सोमवार
अवधिः वि.सं. २०८१।०२।२७ देखि २०८१।०३।०१ गतेसम्म (ई.सं. २०२४, २४औं हप्ता) ।
साप्ताहिक अंक: २४/२०२४
१. अस्पतालको भित्रि सडक कालोपत्रे सम्पन्न
बुटवल उप-महानगरपालिका, वडा नम्बर ७ को पहल तथा आर्थिक सहयोगमा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको भित्रि सडकलाई कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।
२. कार्यसम्पादन व्यवस्थापन प्रणाली कार्यशालामा सहभागिता
मिति २०८१/०२/३१ देखि २०८१/०२/३२ गतेसम्म आम्दा-नेपालद्वारा काठमाण्डौमा आयोजित २ दिने कार्यसम्पादन व्यवस्थापन कार्यशालामा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालका प्रशासक खगेन्द्र क्षेत्री र आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रध्यानाध्यापक सरिता रावलको सहभागिता भयो ।
३. तस्विरहरू:
आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको भित्रि सडक कालोपत्रे हुँदै |