Published Date: Jun 10, 2024
Expiry Date: Jun 15, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०२।२८ गते, सोमवार
अवधिः वि.सं. २०८१।०२।२० देखि २०८१।०२।२६ गतेसम्म (ई.सं. २०२४, २३औं हप्ता) ।
साप्ताहिक अंक: २३/२०२४
१. अस्पताल विकासार्थ सहयोगका लागि लुम्बिनी प्रदेश सभामुख, मुख्यमन्त्री तथा स्वास्थ्यमंत्रीसंग भेटघाट
मिति २०८१/०२/२२ गतेका दिन आम्दा नेपाल, सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यूद्वारा लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगरज्यू, मुख्यमंत्री माननीय जोख बहादुर महराज्यू र स्वास्थ्यमंत्री माननीय दिपेन्द्र कुमार पुन मगरज्यूसंग प्रदेश कार्यालयमा भेट गरि अस्पतालको तर्फबाट सहयोगका लागि प्रस्ताव समेत पेश गर्नुभयो । भेटवार्ताका क्रममा सबै जनाले सि.बा.म. अस्पतालको विकास हुनुपर्नेमा चासो व्यक्त गर्दै सहयोगका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो । भेटघाटमा अस्पतालको तर्फबाट श्री युवराज अम्गाईं समेत सहभागी रहनुभएको थियो ।
२. क्षमता अभिवृद्धिका लागि तालिममा सहभागिता
मिति २०८१/०२/२१ देखि २०८१/०३/०३ गतेसम्म परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमान्डौमा संचालन हुने ‘सि.एन.बि.सि. (Comprehensive New Borne Care) तालिम’ मा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको NICU विभागमा स्टाफ नर्स (५औं तह) पदमा कार्यरत श्री अन्जना चौधरीलाई सहभागिताका लागि पठाइएको छ ।
३. आन्तरिक व्यवस्थापन समिति बैठक सम्पन्न
मिति २०८१/०२/२५ गते शुक्रवारका दिन बिहान ११:०० बजे मे.सु. डा. बिनोद कुमार पराजुलीज्युको कार्यकक्षमा आन्तरिक व्यवस्थापन समिति बैठक सम्पन्न भयो । समिति पदाधिकारीको पूर्ण उपस्थितिमा बसेको बैठकले विभिन्न प्रस्ताव उपर छलफल गरि आवश्यक निर्णय गर्यो ।
४. सम्भाव्यता अध्ययनका लागि सि.बा.म. टोलिद्वारा तानसेन नगरपालिका-१४, अर्गेली भ्रमण
तानसेन नगरपालिका-१४ अर्गेलिका वडा अध्यक्ष एवं स्थानीय बिद्धिजीवी एवं अगुवाहरूद्वारा सि. बा. म. अस्पताललाई अर्गलिमा शाखा संचालन गरि स्वास्थ्य सेवा संचालन गर्नका लागि गरिएको अनुरोध बमिजिम अस्पतालको ४ सदस्यीय टोलीले मिति २०८१/०२/२४ गते विहीवारका दिन अर्गेली भ्रमण गर्यो । टोलीले अर्गेलिका पदाधिकारी, स्थानीय राजनैतिक व्यक्तित्व, समाजसेवी एवं आम जनसमुदायसंग अन्तरक्रिया गर्नुका साथै स्थानीय स्वास्थ्य संस्था र वडा कार्यालयले प्रस्ताव गरेको जग्गाको अवलोकन गर्यो । यसका साथै सम्भावित सेवाग्राहीको अनुमानका लागि अर्गेली क्षेत्र र स्याङ्गजा, गुल्मी र पाल्पा जिल्लाको संगमस्थलको रूपमा रहेको रिडी क्षेत्रको समेत भ्रमण गरेको थियो । उक्त अध्ययन टोलीमा डा. राजेन्द्र प्रसाद बस्याल, डा. सुन्दर न्यौपाने, श्री श्रीकान्त सुवेदी तथा श्री खगेन्द्र क्षेत्री रहनुभएको थियो ।
४. अस्पतालभित्र रहेको सडकको पिच कार्य सम्पन्न
बुटवल उप-महानगरपालिका वडा नं. ७ द्वारा सि. बा. म. अस्पतालभित्र रहेको सडक खण्डको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । यसका लागि सम्पूर्ण अस्पताल परिवार बुटवल उप-महानगरपालिका वडा नं. ७ लाई हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
५. तस्विरहरू:
लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगरज्यूसंग भेटवार्ता गर्दै सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यू | लुम्बिनी प्रदेशका मुख्यमंत्री माननीय जोख बहादुर महराज्यू संग भेटवार्ता गर्दै सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यू |
लुम्बिनी प्रदेशका स्वास्थ्यमंत्री माननीय दिपेन्द्र कुमार पुन मगरज्यूसंग भेटवार्ता गर्दै सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यू | अर्गेली, पाल्पामा अन्तरक्रिया गर्दै सम्भाव्यता अध्ययन टोलि |
तानसेन नगरपालिका-१४ अर्गेलिद्वारा सि.बा.म.अस्पतालका लागि प्रस्तावित जग्गा |