Published Date: Apr 14, 2024
Expiry Date: Apr 20, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।०४ गते, मंगलवार
अवधिः वि.सं. २०८०।१२।२५ देखि २०८१।०१।०१ गतेसम्म (ई.सं. २०२४, १५औं हप्ता) ।
साप्ताहिक अंक: १५/२०२४
१. व्यवस्थापन कार्यशालामा सहभागिता
आम्दा-नेपाल केन्द्रिय कार्यालयले मिति २०८० चैत्र २८ र २९ गते आयोजना गरेको व्यवस्थापन कार्यशालामा सि. बा. म. अस्पतालका मे.सु. डा. बिनोद कुमार पराजुलीज्यूको साथमा प्रशासक खगेन्द्र क्षेत्री र लेखा प्रमुख श्री शिव कंडेलको सहभागिता भयो । कार्यशालामा अस्पतालले आ.व.२०८०/८१ मा गरेका उपलब्धी, आ.व.२०८१/८२ का लागि नीति, कार्यक्रम र बजेट सम्बन्धमा प्रस्तुतीकरण र छलफल भयो । कार्यक्रममा आम्दा-नेपाल केन्द्रीय कार्यकारिणी अध्यक्ष डा. सुनु दुलाल, सचिव डा. अनिल कुमार दास, कोषाध्यक्ष डा. माधव प्रसाद खनाल, मुख्य प्रशासक श्री सुदेश रेग्मी लगायतको सहभागिता रहेको थियो ।
२. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/१२/२७ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
धन्यवाद !