Published Date: Mar 27, 2024
Expiry Date: Mar 30, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१२।१३ गते, मंगलवारसिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।१२।०४ देखि २०८०।१२।१० गतेसम्म (ई.सं. २०२४, १२औं हप्ता) ।
साप्ताहिक अंक: १२/२०२४
१. स्थानीय व्यवस्थापन समितिको बैठक
२०८०/१२/०४ गतेका दिन सिद्धार्थ बाल तथा महिला अस्पताल, स्थानीय व्यवस्थापन समितिको बैठक स्थानीय व्यवस्थापन समिति अध्यक्ष एवं बुटवल उप-महानगरपालिका प्रमुख श्री खेलराज पाण्डेज्यूको अध्यक्षतामा बस्यो । बैठकमा निम्नलिखित प्रस्ताव उपर छलफल भई आवश्यक निर्णय समेत गरियो ।
- निवर्तमान मे.सु.लाई धन्यवाद एवं नवनियुक्त मे.सु.लाई स्वागत सम्बन्धमा ।
- आमा सुरक्षा कार्यक्रम लागु गर्ने सम्बन्धमा ।
- थप २०० शय्याको भवन निर्माणार्थ DPR तयारी सम्बन्धमा ।
- सि.बा.म. अस्पतालको प्रगति विवरण सम्बन्धमा ।
- आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुरुवात एवं प्रगति विवरण सम्बन्धमा ।
- सि.बा.म. अस्पतालको २५औं वार्षिकोत्सवको समीक्षा सम्बन्धमा ।
- विविध सम्बन्धमा ।
२०८०/१२/०६ गतेका दिन सिद्धार्थ बाल तथा महिला अस्पताल, आन्तरिक व्यवस्थापन समितिको बैठक आन्तरिक व्यवस्थापन समिति अध्यक्ष एवं मेडिकल सुपरिंटेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यूको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा निम्नलिखित प्रस्ताव उपर छलफल भई आवश्यक निर्णय समेत गरियो ।
- विस्तारित सेवा केन्द्रको सम्भाव्यता अध्ययन सम्बन्धमा ।
- आमा सुरक्षा कार्यक्रम संचालनार्थ अध्ययन एवं तयारि सम्बन्धमा ।
- स्टाफ नर्स नियुक्ति सम्बन्धमा ।
- स्टाफ नर्सहरूको करार सम्झौता नविकरण सम्बन्धमा ।
- कम्प्युटर, फोटोकपी मेशिन लगायत खरिदका लागि केन्द्रीय कार्यालयलाई पत्राचार गर्ने सम्बन्धमा ।
- DPR तयारीका लागि बुटवल उप-महानगरपालिकालाई अनुरोध गर्ने सम्बन्धमा ।
- अस्पताल नविकरण प्रक्रिया गर्ने सम्बन्धमा ।
- फार्मेसीमा कर्मचारी नियुक्ति प्रक्रिया गर्ने सम्बन्धमा ।
- विदा स्वीकृति सम्बन्धमा ।
३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
मिति २०८० चैत्र ८ गतेका दिन बुटवल उप-महानगरपालिका, वडा नम्बर ७ का वडा अध्यक्ष श्री पदम राज गाहाज्यूद्वारा सिद्धार्थ बाल तथा महिला अस्पतालका नवनियुक्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीको स्वागत सम्पन्न भयो । वडा पदाधिकारी एवं अस्पतालका कर्मचारीको उपस्थितिमा सम्पन्न भएको स्वागत कार्यक्रम एवं व्यक्त गरिएका विचारले अस्पताल एवं वडा कार्यालय बीचको सम्बन्ध अझ प्रगाढ भएको र आगामी दिनमा सहयोगको आदान-प्रदान व्यापक रूपले हुने अपेक्षा लिइएको छ ।
४. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/१२/४ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो । त्यसैगरी, आगामी साप्ताहिक बैठक सोमवारका दिन बस्ने समेत निर्णय भयो ।
धन्यवाद !