Published Date: Mar 12, 2021
Weekly News (W09_20210312_103_SCWH ) Expiry Date: Mar 19, 2021
आम्दा नेपाल को ३१ सौं स्थापाना दिवसको उपलक्ष्यमा यस सिद्दार्थ बाल तथा महिला अस्पतालले निम्न कार्यहरु सम्पन्न गरेको छ ।
१. मिति २०७७ साल फाल्गुण २० गते आम्दा नेपालको ३१ सौं स्थापाना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भयो । यस रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको छ ।
२. यस अस्पतालमा बिगत लामो समय देखि डिस्पेन्सर पदमा कार्यरत श्री बुध्दि शागर दाहाल र सुरक्षा गार्ड श्री थानेश्वर धिमिरेलाई यहि मिति २०७७।११।२० गते एक कार्यक्रमका साथ बिदाई गरियो ।
३. आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल र श्री कृष्ण नेत्रालयको संयुक्त प्रयासमा वालवालिका र महिलाहरुलाई लक्षित गरी आंखा उपचार सेवा आज मिति देखि शुभारम्भ गरिएको छ । आज एक कार्यक्रमका वीच यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालले आंखा जांच गराई आंखा उपचार सेवाको सुभारम्भ गर्नु भयो ।
४. आ.व. २०७६।७७ को कार्य सम्पादन मूल्याङ्कनमा यस बर्षको सर्वोत्कृष्ट कर्मचारी रुपमा स्टाफ नर्स पदमा कार्यरत श्री रमि थापालाई घोषणा गरियो र निजलाई रू. ५,०००.०० नगद र सम्मान पत्र सहित पुरस्कृत गरियो ।
५. अस्पतालको हाता भित्र एउटा विरुवाको वृक्षारोपण गरियो ।
६. अस्पतालको गतिविधि सहितको अर्धबार्षिक प्रगति विवरण प्रकाशित गरियो ।
७. मिति २०७७ फाल्गुण २१ गते साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत पिडियाट्रिक ब्लकमा सरसफाई गरियो ।