Published Date: Mar 23, 2020
आम्दा नेपाल Expiry Date: Mar 30, 2020
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
News of the week
Weekly News (W12_20200323_103_SCWH ) (2076/12/02 to 2076/12/08)
सि.बा.म. अस्पताल बुटवल मिति २०७६।१२।०६ गते,
१..बा.म. अस्पतालले आगामी आर्थिक बर्ष २०७७।७८ को लागी कार्यक्रम, नीति तथा बजेट सम्बन्धि १ दिने कार्यशाला गोष्ठीमा यस अस्पतालका बिभिन्न युनिट तथा बिभागका सिनियर कर्मचारीहरुको सहभागितामा सुझाव तथा योजना संकलन गर्ने कार्य सम्पन्न भयो । सो सुझाव तथा योजनाहरुलाई छनोट गरी अन्तिम रुप केहि दिनमा सम्पन्न गर्ने निर्णय भएको छ ।
२.हालै भएको विश्वब्यापि कोरोना भाईरस संक्रमण (कोविद १९ ) बाट बच्नको लागी यस अस्पतालबाट २०७६ साल चैत्र ५ गते देखि कर्मचारीहरुलाई मास्क बितरण र अस्पतालमा आउने बिरामी,कर्मचारी,कुरुवा तथा अस्पताल भित्र आउने सबैलाई अनिवार्य रुपमा Hand Sanitizer ले हात सफाई गर्ने र अस्पतालबाट तयार गरिएको कपडाको मास्क अस्पताल आउने बिरामीहरुलाई अनिवार्य रुपमा लगाउने ब्यबस्था गरिएको छ ।