Published Date: Feb 18, 2024
Expiry Date: Feb 24, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।१४ गते, सोमवारसिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।११।०६ देखि २०८०।११।१२ गतेसम्म (ई.सं. २०२४, ०८औं हप्ता) ।
साप्ताहिक अंक: ०८/२०२४
१. पालिकाको खोप कार्यक्रममा सहभागिता
बुटवल उप-महानगरपालिकाले मिति २०८०/११/०८ गतेका दिन आयोजना गरेको खोप सम्बन्धि अभिमुखीकरणमा सि.बा.म. अस्पतालबाट सरस्वती देवकोटा र इन्दू भट्टराई सहभागी हुनुभयो । निजहरूले पालिकाले योजना बनाए अनुसार विभिन्न स्थानमा खटिई खोप सेवा प्रदान गर्नुहुनेछ ।
२. CTS तालिममा सहभागिता
लुम्बिनी प्रदेश, बुटवलको आयोजना र NSI को सहकार्यमा मिति २०८०/११/०९ गतेदेखि २०८०/११/१५ गतेसम्म संचालन भएको CTS तालिममा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालका डा. सुमन बानियाँ (एनेस्थेसियोलोजिस्ट) सहभागी हुनुभयो ।
३. तिलोत्तमा नगरपालिका भ्रमण
सिद्धार्थ बाल तथा महिला अस्पतालका सामाजिक इकाई इन्चार्जबाट २०८०/११/१० गतेका दिन तिलोत्तमा नगरपालिकाको भ्रमण भयो । अस्पतालबाट प्रदान भइरहेको सेवाहरू विशेषगरी सामाजिक सुरक्षा कोषको सेवाबारेमा छलफल भयो ।
४. स्वास्थ्य शिविरमा सहभागिता
सिद्धार्थ बाल तथा महिला अस्पतालको टोलि रिडी राम्दी पाल्पाली समाजले मिति २०८० फाल्गुन ११ र १२ गते का दिन बगनासकाली-८, पाल्पामा आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरमा सहभागी भयो । मे.सु. डा. राजेन्द्र प्रसाद बस्यालज्यूको नेतृत्वमा गएको टोलीमा सुनिता गैरे, संगीता बिक, सिता बस्याल र श्रीकान्त सुवेदी रहनुभएको थियो ।
३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/११/०६ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
धन्यवाद !