Published Date: Feb 22, 2021
Weekly News (W07_20210221_103_SCWH ) Expiry Date: Feb 28, 2021
१. लुम्बिनि प्रदेश स्वास्थ्य निर्देशनालको पहल र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा यहि मिति २०७७।११।०२ गते देखि प्रथम चरण अन्तर्गत दोश्रो प्राथमिकताको लागी जनप्रतिनिधि, पत्रकार, बैकमा कार्यरत तथा निजामति कर्मचारी हरुको लागी कोभिड १९ बिरुध्दको खोप लगाउने ( Covishield 4120Z004 Vaccinator ) लगाउने कार्य शुरुवात भयो ।
२.यहि मिति २०७७ साल फाल्गुण ५ गते स्वास्थ्य तालिम केन्द्र लुम्बिनि प्रदेशको आयोजनामा OTTM तालिमको १६औ ब्याचको शुरूवात भयो । उक्त तालिममा पाल्पा जिल्ला अस्पताल, बर्दिया जिल्ला अस्पताल, पृथ्विचन्द्र अस्पताल नवलपरासी पूर्व, प्युठान जिल्ला अस्पताल, बर्दिया जिल्ला अस्पताल, भिम अस्पताल, भैरहवा, रुपन्देहीबाट गरी जम्मा ६ जना सहभागी छन ।
३. मिति २०७७।११।०७ गते शुक्रवार यस अस्पतालका कन्सल्टान्ट (बाल रोग बिशेषज्ञ) डा. सन्तोष पोख्रेलले Basic of ABG and Mechanical Ventilation बिषयमा अस्पतालमा कार्यरत चिकित्सकहरुलाई प्रस्तुतिकरण गर्नु भयो । यस कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट लगायत सम्पूर्ण चिकित्सकहरु सहभागिता रहेको थियो ।