Siddhartha Children and Women Hospital

Published Date: Jul 27, 2021
Expiry Date: Aug 09, 2021

शिलवन्दी बोलपत्र/दरभाउपत्र आव्हानको सूचना
( प्रथम पटक प्रकाशित मितिः २०७८।०४।११ )
सिद्दार्थ बाल तथा महिला अस्पतालको लागी केही सुरक्षा गार्ड र सरसफाई गर्ने  कर्मचारी आवश्यक भएकोले सम्बन्धित निकायबाट ईजाजत प्राप्त इच्छुक सेक्युरिटि कंम्पनि तथा जनशक्ति आपूर्तिकर्ताहरुबाट शिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि यो सूचना (सूचना नं. 008/AMDA/SCWH/207879) प्रकाशित भएको मितिले १५ दिन भित्र सिद्दार्थ बाल तथा महिला अस्पतालमा आईपुग्ने गरी शिलबन्दि बोलपत्र आब्हान गरिएको छ । यस सूचना सम्बन्धि बिस्तृत जानकारीको लागी आम्दा नेपालको वेभ साईट www.amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नु हुन अनुरोध छ । बोलपत्र फारम तलका ठेगानाबाट एक हजार शुल्क (फिर्ता नहुने) तिरी खरिद गर्न सकिनेछ । यस सूचना संवन्धि थप जानकारी तथा विस्तृत विवरणका लागि तलको ठेगानामा संपर्क राख्नुहुन समेत अनुरोध छ ।
शर्तहरुः
  1. ईच्छुक बोलपत्र/दरभाउपत्र खरिदकर्ताले बोलपत्र/दरभाउपत्र फारम रु. १,०००/- (अक्षेरुपि एक   हजार मात्र) फिर्ता नहुने गरी नगद तिरी फर्म/कम्पनी नविकरण भएको श्रमिक आपूर्ति ईजाजतपत्रको प्रतिलिपि, भ्याट/प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि र आ.ब. २०७६।७७ सम्मको करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि समेत संलग्न गरि लिखित निवेदन दिई आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलबाट प्राप्त गर्न सकिनेछ ।
  2. शिलवन्दी बोलपत्र/दरभाउपत्र पेश गर्दा शिलवन्दी खामको बाहिर फर्म/कंपनीको नाम, ठेगाना, सम्पर्क टेलिफोन नंम्बर स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ । शिलवन्दी खाममा आफुले आपुर्ति गर्न चाहेको सेवा/सरसामानको नाम र सूचना नम्बर लेखिएको हुनुपर्नेछ ।
  3. रितपूर्वकको शिलवन्दी बोलपत्र/दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात् मिति २०७८।०४।२५ गते दिनको १ बजे भित्र आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलमा पेश गरिसक्नु पर्ने छ । उक्त दिन सार्वजनिक विदा परेमा विदा पछि कार्यालय खुलेको दिन तोकिएको स्थान र समयमा पेश गरिसक्नु पर्नेछ ।
  4. बोलपत्र/दरभाउपत्रको साथमा आफूले कबोल गरेको कुल अनुमानित रकमको २.५% ले हुन आउने बरावर रकम कम्तिमा मिति २०७८ कार्तिक २५ गते सम्मका लागि मान्य हुने आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको नाममा जारी भएको बिडवण्ड (बैंक ग्यारेन्टी) संलग्न हुनुपर्ने छ । तोकिए वमोजिमको विडवण्ड समाबेश नगरी बोलपत्र/दरभाउपत्र पेश गरेमा संवन्धित फर्म/कंपनीलाई कालो सुचिमा राख्न सकिनेछ । आपुर्तिकर्ता (बोलपत्र/दरभाउपत्रदाता) छनौट भई सूचना जारी भएको सात दिन भित्र स्विकृत रकम भ्याट समेत स्वीकृत रकमको जम्मा ५% (पाँच प्रतिशत) का दरले हुन आउने रकम बराबरको एक वर्ष मान्य हुने गरी आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको नाममा जारी भएको परफरमेन्स वोण्ड (बैंक ग्यारेन्टी) सहित आम्दा नेपालसँग संझौता गरिसक्नु पर्नेछ, अन्यथा विडवण्ड जफत हुनेछ ।
  5. बोलपत्र/दरभाउपत्र फारम भर्दा भ्याट बाहेक र भ्याट सहितको जम्मा रकम नेपाली मुद्राको दररेट अंक र अक्षर दुबैमा भर्नुपर्नेछ । अंक र अक्षरमा दुविधा भएमा अक्षरमा लेखिएको दर मान्य हुनेछ । केरमेट भएको ठाउँमा सही छाप गर्नुपर्नेछ । बोलपत्र/दरभाउपत्र फारमको प्रत्येक पानामा बोलपत्रदाताले सही छाप गरेको हुनुपर्नेछ । त्यस्तो नभएको पाइएमा बोलपत्र फारम रद्द गरिनेछ । नेपाल सरकारलाई तिर्न बुझाउनु पर्ने भ्याट बाहेक सबै प्रकारका करहरु र स्थानिय स्तरमा तिर्नु पर्ने अन्य सबै प्रकारका कर तथा शूल्कहरु दररेटमा समाबेश भएको मानिनेछ । बोलपत्रदाता/दरभाउपत्र दाताले तोकिएको सामान आपूर्ति दिनु पर्ने स्थान, अवधि आदिको पूर्ण विवरण वुझी जानी दररेट भरेको मानिनेछ । आवश्यक परेमा आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले दरभाउपत्र/बोलपत्रदाताले पेश गरेको सामानहरुको गुणस्तर परिक्षण गर्न सक्नेछ । तोकिए वमोजिमको गुणस्तरीय सामान आपूर्ति गर्न नसकेमा समेत परफरमेन्स वोण्ड (बैंक ग्यारेन्टी) जफत हुनेछ ।
  6. शिलबन्दी बोलपत्र/दरभाउपत्रका साथ अध्यावधिक कम्पनी/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ.व. २०७६।७७ को करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि, मूल्य अभिवृद्धि कर प्रमाणपत्रको प्रतिलिपि, कम्पनी/फर्मको संक्षिप्त परिचय तथा कार्यानुभवपत्रको प्रमाणित प्रतिलिपि, स्वघोषणा पत्र, कम्पनी/उत्पादकले दिएको वस्तु/सेवा बिक्रेताको आधिकारिक पत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
  7. अन्य शर्त तथा कार्यविवरण बोलपत्र/दरभाउपत्र फारममा उल्लेख भए बमोजिम हुनेछ । बोलपत्र/दरभाउपत्रमा संशोधन आवश्यक देखिएमा पेश गर्ने अन्तिम मिति अगावै आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले संशोधन गर्न सक्नेछ ।
  8. शिलबन्दी बोलपत्र/दरभाउपत्रहरु मिति २०७८।०४।२५ गते दिउँसो २ बजे बोलपत्र/दरभाउपत्र दाताहरु वा निजको प्रतिनिधिहरु समेतको रोहवरमा आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलमा खोलिने छ । उक्त दिन सार्वजनिक विदा परेमा विदा पछि कार्यालय खुलेको दिन सोही स्थान र समयमा खोलिनेछ । बोलपत्र/दरभाउपत्र दाताको प्रतिनिधि उपस्थित नभएता पनि बोलपत्र/दरभाउपत्र  खोल्न वाधा पुग्ने छैन ।
  9. रितपूर्वक प्राप्त नभएको बोलपत्र/दरभाउपत्र उपर कुनै कारवाही हुने छैन ।
  10. आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले दरभाउपत्र/बोलपत्रदाताले पेश गरेको प्रस्ताव मध्ये कुनै एक वा सम्पूर्ण सरसामान/सेवा समेत छनौट गर्न सक्नेछ । यो संझौता १ बर्ष सम्मको लागि मान्य हुने गरि गरिनेछ । संझौता अवधिभर शिलवन्दी दरभाउपत्र/बोलपत्रमा उल्लेखित प्रस्तावको दर तथा विवरण परिवर्तन मान्य हुने छैन ।
  11. सेक्युरिटी कंम्पनि वा जनशक्ति आपूर्तिकर्ता ISO Certified कम्पनि हुनु पर्नेछ ।
  12. सेक्युरिटि कंमपनि तथा जनशक्ति आपूर्तिकर्ता श्रमिक आपुर्ति ईजाजत लिनुका र कार्य संचालन अनुमति पत्र लिएको हुनु पर्नेछ ।
  13. सेक्युरिटि कंम्पनि तथा जनशक्ति आपूर्तिकर्ताको २ बर्षको कार्य अनुभव हुनु पर्नेछ ।
  14. आपूर्तिकर्ताले खरिद आदेशमा तोके वमोजिम आपूर्ति नगरेको खण्डमा उक्त बस्तु, सेवा वा सरसामानहरु स्विकार हुने छैन र उपरोक्त काममा हुने समयको अनावश्यक खर्चको सोधभर्नाको लागि हरेक पटक बीस प्रतिशतका दरले जरिवाना गर्न सक्नेछ । त्यस्तो जरिवाना रकम नगद वा परफरमेन्स वोण्डबाट असुल उपर गर्न सकिनेछ ।
  15. आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलले तोकेको समयभित्र तोकिएका बस्तु, सेवा वा सरसामानहरु आपूर्तिकर्ताले बुझाउन नसकेमा आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले अन्य पक्षसँग उक्त बस्तु, सेवा वा सरसामानहरु खरिद गर्न सक्नेछ । आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले अन्य आपूर्तिकर्ताबाट खरिद गरेको सरसामानहरुको सम्पूर्ण मूल्यको जरिवाना वा बैंक ग्यारेन्टी (परफरमेन्स वोण्ड) जफत गरि आपूर्तिकर्तासँग भएको संझौता भङ्ग गर्न सक्नेछ ।
  16. संझौता सम्पन्न गर्दा तोकिएका बस्तु, सेवा वा सरसामानहरुको गुणस्तरको सुनिश्चितता, आवश्यक प्राविधिक सहयोग र अन्य सबै प्रकारका सरसहयोग, दरभाउपत्र/बोलपत्र साथ पेश गरे वमोजिम आपूर्तिकर्ताले उपलब्ध गराउनु पर्नेछ ।
  17. दरभाउपत्र/बोलपत्रहरु आंशिक वा पूर्णरुपमा, जानकारी दिई वा नदिई स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार, पूर्ण रुपमा आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालमा सुरक्षित रहनेछ ।
बोलपत्र/दरभाउपत्र  संवन्धि थप जानकारीको लागि तलको ठेगानामा सम्पर्क गर्न सकिनेछ ।
सम्पर्क राख्ने ठेगाना
      आम्दा नेपाल                                
      सिद्दार्थ बाल तथा महिला अस्पताल                 
      बुटवल, रुपन्देही                              
      टेलिफोनः ०७१-५०२१०१/५०२०९७                  
      इमेलः scwh.butwal@amda.org.np               
आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको उपरोक्त सूचना वमोजिम तोकिएका  उपरोक्त शर्तहरु पूर्णरुपमा स्विकार गर्दछु / गर्दछौं ।
संस्थापक वा आधिकारीक पदाधिकारीको नामः .....................................................................   
हस्ताक्षरः ......................................................................      
मितिः .............................      
फर्म/कंपनीको छापः
 
 
 
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map