
डिप्लोमा/प्रमाणपत्र तह सामान्य चिकित्सा
कार्यक्रमको पूर्ण शुल्किय तर्फ रिक्त सिटहरूमा छनौटका लागि निवेदन दिने सम्वन्धी
अत्यन्त जरूरी सूचना
(सूचना
प्रकाशित मितिः २०८२/०५/१९)
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम
परिषद् परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको मिति २०८२/०४/०५ मा प्रकाशित सूचना अनुसार मिति २०८२/०५/१८ गते
सम्म यस प्रतिष्ठानमा पूर्ण शुल्किय तर्फ डिप्लोमा/प्रमाणपत्र तह सामान्य चिकित्सा
कार्यक्रममा कोशी प्रदेश कार्यालयले मुख्य उम्मेद्वारको रूपमा छनौट गरी भर्ना
सिफरिश गरिएका उम्मेद्वारहरू मध्ये देहायका कार्यक्रममा मुख्य उम्मेद्वारहरू भर्ना
हुन नआर्इ सिट रिक्त रहेको हुँदा सम्वन्धित कार्यक्रमको बैकल्पिक योग्यताक्रम
सूचीमा रहेका उम्मेद्वारहरूले पहिलो प्राथमिकता पाउने गरी देशभरीका योग्यताक्रम
सूचीमा रहेका उम्मेद्वारहरूवाट यो सूचना प्रकाशित भएको मितिले ५ दिन भित्रमा यस
प्रतिष्ठानमा रिटपूर्वक निवेदन दिनुहुन अनुरोध छ। साथै योग्यताक्रममा रहेका उम्मेद्वारहरूवाट
डिप्लोमा तथा प्रविणता प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा
भर्ना सम्वन्धि निर्देशिका, २०८२ को दफा १९ बमोजिम छनौट गरी भर्ना गरिने व्यहोरा
समेत जानकारी गराइन्छ।
तपशिलः
क्र.सं. |
कार्यक्रम |
रिक्त वर्ग/कोटा |
रिक्त सिट संख्या |
१ |
सामान्य चिकित्सा कार्यक्रम |
पूर्ण
शुल्किय |
१४ |
सजना वैद्य
प्रिन्सिपल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान