Maternal and Child Health Project
Dang
दादुरा तथा रुबेला खोप अभियानमा सहयोग
आम्दा नेपाल MCH Project द्वारा गढवा गाउँपालिकाको दादुरा रुबेला खोप अभियान ०७६/०७७ मा प्राबिधिक सहयोग गरेको छ । रास्ट्रीय स्वास्थ्य कार्यक्रम अनुसार गढवा गाउपलिकामा २०७६ फागुन २९ देखि चैत्र ७ गते सम्म ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाइ दादुरा र रुबेला खोप लगाउने कार्यक्रम सुरु भएको छ । कार्यक्रमको लागि गाउँपालिकाका विभिन्न स्थान हरुमा खोप केन्द्र स्थापना गरिएको छ । उक्त खोप केन्द्रमा स्वास्थ्य चौकीका कर्मचारी हरु महिला स्वास्थ्य स्वयंसेविका तथा आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजनाका सामाजिक स्वास्थ्य परिचालक हरु द्वारा खोप लागाउने तथा अर्को दिन सोहि क्षेत्रमा घर दैलो कार्यक्रम गरि छुटेका बालबालिका हरुलाई खोप लगाउने कार्यक्रम भएको छ। हाल सम्म कोइलाबास स्वास्थ्य चौकी अन्तरगत सबै क्षेत्र, गढवा स्वास्थ्य चौकी अन्तरगत वडा नम्बर ६, गंगापरस्पुर स्वास्थ्य चौकी अन्तरगत वडा नम्बर ५ र गोबरडिहा स्वास्थ्य चौकी अन्तरगत वडा नम्बर १ मा खोप कार्यक्रम सम्पन्न भएको छ।
