Maternal and Child Health Project
Dang
दोस्रो लटको CoFP and Counseling तालिम सुरु आम्दा नेपाल, प्रदेश स्वास्थ्य तालिम केन्द्र, बुटवल र SSBH को समन्वयमा संचालन गरिएको दोस्रो लटको तालिम मिति २०७६ माघ ९ गते देखि प्रदेश स्वास्थ्य तालिम केन्द्र, बुटवलमा सुरु भएको छ । तालिममा बर्दिया अन्तरगत का स्वास्थ्य चौकीहरु बाट १० जना र दांग बाट २ जना गरि १२ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । दांग जिल्ला बाट गढवा गाउँपालिका अन्तरगत गढवा स्वास्थ्य चौकीमा कार्यरत अ. न. मि. बिन्दु यादव र गोबरडिहा स्वास्थ्य चौकीमा कार्यरत मन कुमारी यादव सहभागी हुनुभएको छ ।
भवन निर्माण अनुगमन समितिको गठन
२०७६ साल माघ ६ गते गढवा गाउँपालिका वडा न. २ कार्यलय मा आम्दा नेपाल द्वारा निर्माण गरिने सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण सम्बन्धि छलफल को लागि बैठक संचालन भएको छ । बैठकमा आम्दा नेपालका
कार्यक्रम अधिकृत रोहित मुल्मी श्रेष्ठ, सामुदायिक स्वास्थ्य परिचालिका सुनिता चौधरी तथा आम्दा माईन्डस् का इन्जिनियर नबिन अधिकारी ले सहभगीता जनाउनु भएको थियो । बैठकमा वडा नम्बर २ को चिमचिमे मा आम्दा नेपाल द्वारा निर्माण हुन लागेको सामुदायिक स्वास्थ्य इकाइ का लागि वडा न. २ का वडा अध्यक्ष को अध्यक्षतामा ७ सदस्यीय अनुगमन समिति गठन गरियो । यस अनुगमन समितिले सामुदायिक स्वास्थ्य इकाइ को निर्माण तथा बिविध गतिबिधि मा आबस्यक सहयोग तथा निरन्तर अनुगमन गर्ने भनि सर्वसम्बत बाट निर्णय गरिएको छ ।
स्वास्थ्य आमा समूह को बैठकको सहजीकरणस्वास्थ्य आमा समूह को बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ का जेठानगाँउ, पत्रिगां, चिसापानी र रङसिङ्ग, वडा न. २ का कोठरी (२), बाघमरुवा, पचाहिया र घुस्रा, वडा न. ३ को धैरेनी, वडा न. ४ को प्ररस्पुर, वडा न. ५ का पर्सिया, खजुरौता, सोनपुरुवा, मगहर र कक्रहवा, वडा न. ६ को प्रगतिनगर, वडा न. ७ को सेमरी र वडा न. ८ कोइलाबास का अन्तरखाल, नयाँबजार र जानकीटोल मा गरि जम्मा २१ स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका थिए ।
खोप क्लिनिक तथा गाउँ घर क्लिनिकमा आम्दा नेपालको प्राबिधिक सहयोग
आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गढवा स्वास्थ्य चौकी, गंगापरस्पुर स्वास्थ्य चौकी, गोबरडिहा स्वास्थ्य चौकी र कोइलाबास स्वास्थ्य चौकी अन्तर्गतका गाउँघर क्लिनिक र खोप क्लिनिक मा प्राबिधिक सहयोग गरेका छन् । परियोजनाका स्वास्थ्य परिचालक सुनिता चौधरी क्रमस गोबरडिहा
स्वास्थ्य चौकी अन्तर्गत महदेवा, अनुशा यादव ले गंगापरस्पुर स्वास्थ्य चौकी, बर्षा पाण्डे ले गोबरडिहा स्वास्थ्य चौकी र गंगापरस्पुर स्वास्थ्य चौकी अन्तर्गत रामनगर र राजाराम चौधरी ले गढवा स्वास्थ्य चौकी अन्तर्गत झार्बैरा तथा कोइलाबास स्वास्थ्य चौकी अन्तर्गत मुसिनाका 