Published Date: Oct 06, 2020
Expiry Date: Oct 12, 2020
AMDA Nepal
Maternal and Child Health Project (MCHP)
Dang
Maternal and Child Health Project (MCHP)
Dang
मुख्य गतिविधिहरु:-
१. गर्भवती महिलाहरुलाई अभिमुखीकरण
यस परियोजनाद्वारा गढवा गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुरक्षित मातृत्व सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम भैरहेको छ । गत हप्ता गाउपालिकाका विभिन्न वडाका समुदायमा संचालन गरिएको कार्यक्रममा जम्मा ४७ जना गर्भवती महिलाहरु र ४० जना अभिवावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गर्भवती महिला तथा उनीहरुका अभिभावकहरुलाई गर्भावस्थाको स्याहार, प्रसुतीको लागि पुर्व तयारि, खतराका लक्षण तथा चिन्हहरु, निरन्तर पुर्वाप्रसुती जाँच, संस्थागत प्रसुती जस्ता बिषय मा अभिमुखीकरण गरिएको थियो ।
२ . खोप कार्यक्रम तथा स्वास्थ्य आमा समुहको बैठक मा सहजीकरण
यस परियोजनाका सामुदायिक परिचालकद्वारा गढवा गाउँपालिका वडा नम्बर ६ मा खोप कार्यक्रम संचालनमा आबस्यक प्राबिधिक सहयोग तथा अभिभावक हरुलाई स्वास्थ्य शिक्षा र परामर्स गरेका छन् । यसै गरि सामुदायिक परिचालक द्वारा वडा न. ४ को रामनगर मा नमुना स्वास्थ्य आमा समुहको बैठकमा समाबेस भइ स्वास्थ्य सम्बन्धि छलफलको बिषयमा सहजीकरण गरेका छन् ।
३. रेडियो कार्यक्रम मातृत्व संसार
आम्दा माइन्ड्स जापानको आर्थिक सहयोग तथा आम्दा नेपाल र गढवा गाउँपालिकाको समन्वय र सहकार्यमा संचालित रेडियो कार्यक्रम मातृत्व संसारको भाग ६ र कोशेली भाग ५ गत शनिबार प्रसारण भयको छ । रेडियो कार्यक्रम द्वारा समुदायमा मातृ शिशु स्वास्थ्य सम्बन्धि जनचेतना फैलाई आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउने परियोजनाको लक्ष रहेको छ । गत हप्ताको रेडियो कार्यक्रम मा परिवार योजना सम्बन्धि बिसयबस्तु समाबेश गरियको थियो ।