Published Date: Aug 10, 2020
Expiry Date: Aug 17, 2020
AMDA Nepal
MCH Project
Dang
मुख्य गतिविधिहरु:MCH Project
Dang
गाउँघर क्लिनिक भवनको शिलान्यास कार्यक्रम
-194.jpg)
आम्दा माइन्ड्सको आर्थिक सहयोग, आम्दा नेपालको समन्वय तथा सहकार्यमा गढवा गाउँपालिकाको खबरीनाकामा गाउँघर क्लिनिक भवन निर्माणकालागि भवन शिल्यान्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त भवन गत श्रावन २५ गते गढवा गाउँपालिका वडा न. ८ का वडा अध्यक्ष सद्धाम सिध्दिकी द्वारा शिलान्यास भएको छ । कार्यक्रममा परियोजना प्रवन्धक राजेन्द्र रुचाल, सामुदा यिक स्वास्थ्य परिचालक र आम्दा माइन्ड्स का Project Officer- Pradip Raj Pant तथा Construction Supervisor- Nabin Adhikaari को उपस्थिति रहेको थियो । गाउँपालिका र परियोजनाको समन्वयमा स्थानीयस्तरमा वडा अध्यक्ष सदाम सिध्दिकीको अध्यक्षतामा निर्माण अनुगमन समिति गठन गरिएको छ र उक्त समितिले निर्माण अवधिभर निर्माण सम्बन्धि कामको लागि आबस्यक अनुगमन, समन्वय तथा सहयोग गर्नेछन ।
विश्व स्तनपान सप्ताह २०२०

सामुदायिक स्वास्थ्य इकाई भवन को अनुगमन
-206.jpg)
गढवा गाउँ पालिका दांग, आम्दा नेपाल तथा आम्दा माइन्ड्स जापानको समन्वय र सहकार्यमा गाउँपालिकाको वडा नम्बर १ कलाकाटेमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्य निरन्तर अगाडी बढिरहेको छ । गत हप्ता आम्दा माईन्ड्स का Project Officer प्रदीपराज पन्त, Construction Supervisor नबिन अधिकारि, वडा अध्यक्ष बाबुराम अधिकारि, स्वास्थ्य चौकी प्रमुख खुमानन्द भट्टराई र MCH Project का प्रबन्धक राजेन्द्र रुचाल द्वारा उक्त निर्माण कार्यको अनुगमन तथा सुपरिबेक्षण भएको थियो ।