Published Date: Jun 29, 2020
Expiry Date: Jul 06, 2020
खोप कार्यक्रममा आम्दा नेपालको प्राबिधिक सहयोग


आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गढवा गाउँपालिकाको स्वास्थ्य चौकीहरु अन्तर्गतका विभिन्न स्थानमा संचालनभएको खोप क्लिनिमा प्राबिधिक सहयोग गरेकाछन् । बिश्वब्यापीरुपमा फैलिएको कोभिड १९ लाइ मध्यनजर गर्दै व्यक्तिगत सुरक्षा तथा सामाजिक दुरी कायम गरि खोप लगाउने काम भएको छ । खोपका साथ साथै आम्दा नेपालका सामुदायिक परिचालकद्वारा सेवाग्राही हरुलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रणको बारेमा परामर्स गरेका थिए ।
सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्यको सुरुवात


आम्दा नेपाल तथा आम्दा माइन्ड्स जापानको समन्वयमा गढवा गाउँपालिकामा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्य शुरु भएको छ । दांग जिल्लाको गढवा गाउँपालिका वडा न. १ को कालाकाटेमा निर्माण हुनलागेको उक्त भवन गत असार ४ गते गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबद्वारा सिलान्यास भएको थियो । गाउँ पालिका र परियोजनाको समन्वयमा स्थानीय स्तरमा वडा अध्यक्ष बाबुराम अधिकारि को अध्यक्षतामा निर्माण अनुगमन समिति गठन गरिएको छ र उक्त समितिले निर्माण अवधिभर निर्माण सम्बन्धि कामकोलागि आबस्यक अनुगमन, समन्वय तथा सहयोग गर्नेछन । साथै आम्दा माइन्ड्सका Construction Supervisor नबिन अधिकारि र MCH Project का प्रबन्धक राजेन्द्र रुचाल द्वारा उक्त निर्माण कार्यको निरन्तर अनुगमन तथा सुपरिबेक्षण भैरहेको छ ।