Weekly News (W51_20201216_103_SCWH )
१. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०८।२३ गते,
स्वास्थ्य तालिम केन्द्र लुम्बिनि प्रदेशको आयोजना तथा सहयोगी संस्था स्वास्थ्यका लागी सक्षम प्रणालीका (SSBH) को सहयोगमा यस सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा सरकारी अस्पताल तथा हेल्थपोष्टको प्रसुति वार्डमा कार्यरत नर्सिङ्ग कर्मचारीहरुको लागी मिति २०७७ भाद्र २७ गते देखि ६० दिन सम्म हुने SBA Training को २६औ ब्याचको सुरुवात भयो । यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षता तथा स्वास्थ्य तालिम केन्द्र लुम्बिनि प्रदेशका निर्देशक श्री महेश्वर श्रेष्ठ ज्यू को प्रमुख आतित्थतामा एक कार्यक्रम वीच समुद्घाटन भयो । उक्त तालिममा पाल्पाबाट २ जना, गुल्मिबाट ३ जना कपिलबस्तुबाट २ जना, नवलपरासी २ जना , रुपन्देही जिल्लाबाट २ जना र सिद्दार्थ बाल महिला अस्पतालबाट अ.न.मि. श्री सन्ध्या बि.क. सहित जम्मा १२ जना प्रशिक्षार्थीहरु सहभागी भएका छन । यस अस्पतालबाट ४ जना नर्सिङ्ग कर्मचारीहरु प्रशिक्षक हुनुहुन्छ ।