Weekly News (W46_20201118_103_SCWH )
१. सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०७।२८ गते,
यस सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा स्वास्थ्य तालिम केन्द्र लुम्बिनि प्रदेश ५ को आयोजनामा मिति २०७७ भाद्र २७ गते देखि संचालन भएको ६० दिने २५औ ब्याचको SBA Training आज यस अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यू को अध्यक्षता तथा स्वास्थ्य तालिम केन्द्र प्रदेश ५ का नि. निर्देशक श्री भुवन कुवंर ज्यू को प्रमुख आतित्थतामा एक कार्यक्रमका साथ सुसम्पन्न भयो । यस समापन कार्यक्रम एस.बि.ए. तालिमका संयोजक श्री बिध्या गुरुङ्गले संचालन गर्नु भएको थियो । उक्त तालिममा अर्घखांचिबाट १ जना पाल्पाबाट १ जना, गुल्मिबाट १ जना कपिलबस्तुबाट ४ जना, नवलपरासी २ जना , रुपन्देही जिल्लाबाट ३ जना गरी जम्मा १२ जना प्रशिक्षार्थीहरु सहभागी छन । यस अस्पतालबाट ४ जना नर्सिङ्ग कर्मचारीहरु प्रशिक्षक हुनुहुन्थ्यो ।