Weekly News (W26_20200314_103_SCWH ) (2077/03/07 to 2077/03/13)
सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०३।१० गते,
लायन्स क्लब बुटवल मखमलिको आयोजनामा यस सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलमा थालासेमियाबाट पिडित बिरामीहरुको सहयोगको लागी अक्षयकोष स्थापनार्थ एक कार्यक्रम बीच आर्थिक सहयोग स्वरुप चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा यस अस्पतालका बाल रोग बिशेषज्ञ डा. सन्तोष पोख्रेलले थालासेमियाका बिरामीहरुको लागी निशुल्क उपचार भईरहेको जानकारी गराउनु भयो ।
सि.बा.म. अस्पताल बुटवल मिति २०७७।०३।१२ गते,
१. सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवल र आम्दा नेपाल केन्द्रिय कार्यालय काठमाण्डौ वीच आज दिउंसो २.०० बजे भर्चुयल बैठक सम्पन्न भयो ।
२. सिद्दार्थ बाल तथा महिला अस्पतालले यहि मिति २०७७।०३।१२ गते अस्पतालमा रहेको पूराना सामानहरुको लिलाम बिक्रिकोलागि स्थानिय पत्रिकामा १५ दिने सूचना प्रकाशित गरेको छ ।