Dummy CO
Published Date: 2020-06-29
Expiry Date: 2020-07-06

खोप कार्यक्रममा आम्दा नेपालको प्राबिधिक सहयोग 
आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गढवा गाउँपालिकाको स्वास्थ्य चौकीहरु  अन्तर्गतका विभिन्न स्थानमा संचालनभएको खोप क्लिनिमा प्राबिधिक सहयोग गरेकाछन् । बिश्वब्यापीरुपमा फैलिएको कोभिड १९ लाइ मध्यनजर गर्दै व्यक्तिगत सुरक्षा तथा सामाजिक दुरी कायम गरि खोप लगाउने काम भएको छ ।  खोपका साथ साथै आम्दा नेपालका सामुदायिक परिचालकद्वारा सेवाग्राही हरुलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रणको बारेमा परामर्स गरेका थिए ।
 

सामुदायिक  स्वास्थ्य इकाई भवन निर्माण कार्यको सुरुवात
आम्दा नेपाल तथा आम्दा माइन्ड्स जापानको समन्वयमा गढवा गाउँपालिकामा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्य शुरु भएको छ ।  दांग जिल्लाको गढवा गाउँपालिका वडा न. १ को कालाकाटेमा निर्माण हुनलागेको उक्त भवन गत असार ४ गते गढवा गाउँपालिकाका  अध्यक्ष सहजराम यादबद्वारा सिलान्यास भएको थियो । गाउँ पालिका र परियोजनाको समन्वयमा स्थानीय स्तरमा वडा अध्यक्ष  बाबुराम अधिकारि को अध्यक्षतामा निर्माण अनुगमन समिति गठन गरिएको छ र उक्त समितिले निर्माण अवधिभर निर्माण सम्बन्धि कामकोलागि आबस्यक अनुगमन, समन्वय तथा सहयोग गर्नेछन । साथै आम्दा माइन्ड्सका Construction Supervisor नबिन अधिकारि र MCH Project का प्रबन्धक राजेन्द्र रुचाल द्वारा उक्त निर्माण कार्यको निरन्तर अनुगमन तथा सुपरिबेक्षण भैरहेको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.