Community Service Program
Published Date: 2019-11-04
Expiry Date: 2019-11-18

साप्ताहिक समाचार

१. साधारण सभाको कार्यसूची

मिति २०७६।०७।२३ गते आव्ह्रान गरिएको आम्दा नेपालको ५६ औ साधारण सभामा निम्नानुसारको कार्यसूचि तय भएको छ ।

क. आ.ब. २०७५/७६ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुमोदन ।

ख. आम्दा नेपाल संस्था, र संस्था अन्तरगत सञ्चालित कार्यक्रमहरूको नविकरण ।

ग. आ.ब. २०७५/७६ को वार्षिक प्रगति प्रतिवेदन अनुमोदन ।

घ. कार्यकारिणी समितिको निर्वाचन ।

ङ. कार्यकारिणी समितिले गरेका निर्णयहरूको अनुमोदन ।

च. आम्दा नेपालका सदस्यहरूका प्रस्ताव माथि छलफल र निर्णय ।

२. कार्यकारिणी समितिको निर्वाचन

आम्दा नेपाल कार्यकारिणी समितिको निर्वाचन मिति २०७६।०७।२३ मा सम्पन्न हुने गरि तय गरिएको निर्बाचन सम्बन्धि कार्यतालिका अनुरूप निर्वाचन सम्बन्धि कार्य भइरहेको छ ।

३. आम्दा माइन्डस जापानका प्रबन्ध निर्देशकको नेपाल भ्रमण

आम्दा माइन्डस् जापानका प्रबन्ध निर्देशक श्री सुन्सुके सुजुकीले ३-५ नोभेम्बर २०१९ मा आम्दा नेपाल अन्तर्रगत संचालित सिद्धार्थ बाल तथा महिला अस्पतालको अवलोकन भ्रमण गर्नुभएको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//