Community Service Program
Published Date: 2020-09-28
Expiry Date: 2020-10-04

आम्दा नेपाल
जोरपाटी, काठमाण्डौं
मिति २०७७।०६।१२
 
साप्ताहिक समाचार

१.       कर्मचारी पदपूर्तिको नतिजा प्रकाशन

आम्दा नेपाल अनतर्गत FHI360 को सहयोगमा १ अक्टुबर २०२० देखि संचालन हुने नयाँ EpiC Project अन्तर्गत इलाम र सुनसरी जिल्लाहरूको लागि हेल्थ असिस्टेन्ट पदको मिति २०७७।०६।०१ (17.09.2020) मा JobsNepal.com मा सूचना (सूचना नं.००७२४८/०५/२०२०) प्रकाशन भइ मिति २०७७।०६।१० (26.09.2020) मा सम्पन्न परीक्षामा निम्न बमोजिम उम्मेदवारहरू छनौट गरिएको छ ।

सफल उम्मेदवार

१.        राधे श्याम यादब, १०१४

२.      रसना घिमिरे, १०१७

बैकल्पिक उम्मेदवार

१.        दिनेश प्रसाद मेहेता, १००५

२.      सागर विश्वकर्मा, १०२०

 

२.      कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन

आम्दा नेपाल अनतर्गत संचालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको लागि निम्न पदहरूमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि मिति २०७७।०६।०७ (23.09.2020) मा JobsNepal.com मा सूचना (सूचना नं.००७२६०/०५/२०२०) प्रकाशन गरिएको छ ।

१.       गाइनेकोलोजिष्ट

२.      मेडिकल अफिसर

३.      स्टाफ नर्स

३.      सिमाजु डेण्टल क्लिनिक संचालन

आम्दा नेपाल अन्तर्गत केन्द्रीय कार्यालय काठमाडौंमा संचालित सिमाजु डेण्टल क्लिनिक कोभिड१९ संक्रमणको उच्च जोखिम भएका कारण बन्द रहेकोमा मिति २०७७।०६।०१ देखि पुन संचालनमा आएको छ । डा. निमिसा ढकाल मिति २०७७।०६।०४ देखि विशेष सेवा करार (कार्यगत नियुक्ति) अन्तर्गत नियुक्त भइ डेण्टल अधिकृतको जिम्मेवारीमा कार्य गर्नुभएको छ । 


धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//