Community Service Program
Published Date: 2023-08-14
Expiry Date: 2023-08-20

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
 
प्रकाशन मितिः २०८०।०४।२९ गते, सोमवार
(अवधि वि.सं. २०८०।०४।२२ देखि २०८०।०४।२८ सम्म । इ.सं. २०२३, ३२ औं हप्ता)

 
१. विश्व स्तनपान सप्ताह कार्यक्रम अन्तर्गत जनचेतना कार्यक्रम संचालन
मिति २०८०/०४/२२ गते सोमवारको दिन विश्व स्तनपान सप्ताह कार्यक्रम (August 1-7) अन्तर्गत  यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यनरत नर्सिङ तर्फका अन्तिम वर्षका  विद्यार्थीहरुले आम्दा अस्पताल दमक को Post Natal ward मा रहेका नव शिशुका आमाहरु  संग स्तनपानको महत्व र तरिका बारे अन्तरक्रिया साथै जनचेतना कार्यक्रम संचालन गरेको छ l
२. शैक्षिक सत्र २०८०/०८१ आवेदन फारम बुझाईएको
मिति २०८०/०४/२८  प्राविधिक शिक्षा तथा तालीम परिषद्को मिति २०८०/०४/१८ सूचना बमोजिम शैक्षिक सत्र २०८०/०८१ भर्ना प्रक्रियाको लागि आवेदन फारम भर्ने मिति २०८०/०४/२६ गते सम्म रहेकोमा तपशिल बमोजिमका फारम प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, प्रदेश कार्यालय इटहरीमा मिति २०८०/०४/०८ गते बुझाईएको छ l
क्र.स संकाय संख्या कैफियत
१. नर्सिङ ३२९  
२. सामान्य चिकित्सा २९  
३. मेडिकल ल्याव टेक्नोलोजी ६  
४. रेडियोग्राफी २  
५. फिजियोथेरापी २  
  जम्मा ३६८  
 
३. Micro Health Programme संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामान्य चिकित्सा तर्फका Clinical Posting मा रहेका अन्तिम वर्षका विद्यार्थीबाट मिति २०८०/०४/२८ गते मेचीनगर१०,धुलाबारीमा Dengue, Conjunctivitis, Water Purification र Oral Rehydration Solution (ORS) सम्बन्धित जनचेतना, नाटक साथै स्वास्थ्य शिक्षा जस्ता गतिविधि गरेर Micro Health कार्यक्रम संचालन गरिएको छ l
४. निरन्तर कक्षा संचालन साथै Comprehensive Clinical Posting भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण संकायको पठनपाठन साथै सामान्य चिकित्सक र नर्सिङ संकायको अन्तिम वर्ष तर्फका विद्यार्थीहरुको Comprehensive Clinical Posting को निमित् आम्दा अस्पताल दमक, दमक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र,धुलाबारी र आम्दा मेची अस्पताल र गौरादह स्वास्थ्य केन्द्रमा निरन्तर रुपमामा संचालन भईरहेको छ l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//