Published Date: Nov 14, 2022
आम्दा मेची अस्पताल Expiry Date: Nov 21, 2022
धुलावारी, मेचीनगर, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०७।२८ गते
(अवधि वि.सं. २०७९।०७।२१ देखि २०७९।०७।२७सम्म । र्इ.सं. २०२२, ४५ औं हप्ता)
१. | मेचीनगर नगरपालिकाबाट निर्माणधिन Ramp को स्थलगत अनुगमन | |
मिति २०७९/०७/२२ गते मेचीनगर नगरपालिकाको नगरस्तरीय अनुगमन समिति संयोजक एवंम नगर उपप्रमुख श्रीमती मिना पोख्रेल उप्रेती साथै प्रमुख प्रशासकिय अधिकृत र अन्य नगरपालिका का पदाधिकारीबाट निर्माणधिन Patient Ramp को अनुगमन भएको छ ꠰ | ||
२. | मेचीनगर नगरपालिकामा मिति २०७९/०६/२५ गते गरेको निर्णय बमोजिम,कार्यप्रगति बारे पेश र छलफल | |
मिति २०७९/०७/२४ गते आम्दा अस्पताल दमकका प्रशासक श्री सुमन कुमार नेपालबाट मेचीनगर नगरप्रमुख कक्षमा मिति २०७९/०६/२५ गते आम्दा नेपालका अध्यक्ष श्री अनिल कुमार दासको प्रमुख अध्यक्षता मा बसेको बैठकबाट भएको निर्णय बमोजिमका कार्यहरुको कार्यप्रगति पेश र छलफल भएको छ ꠰ उक्त छलफलमा मेचीनगर प्रमुखले कार्यप्रगतिको जानकारी लिदै यस कार्यलाई सफल पार्न नगरपालिकाबाट सहयोग रहने आश्वासन दिनु भएको छ ꠰ | ||
३. | आम्दा नेपाल केन्द्रीय कार्यालयमा सुरक्षाकर्मी नियुक्तिबारे सिफारिस | |
मिति २०७९/०७/२५ गते यस आम्दा मेची अस्पतालको लागी रात्रीकालिन सुरक्षाकर्मी नियुक्ति बारे सिफारिसको लागी आम्दा नेपाल केन्द्रीय कार्यालय पठाईएको छ ꠰ | ||
४. | इमरजेन्सी विभाग अन्तरगत कर्मचारीहरु संग वैठक समापन | |
मिति २०७९/०७/२५ गते यस अस्पतालका मे.सु डा. पोषण रमण त्रिपाठीको प्रमुख अद्य्यक्षता मा यस अस्पतालका इमरजेन्सी विभाग अन्तर्गतका कर्मचारी संग वैठक समापन भयो ꠰ उक्त वैठकमा इमरजेन्सी विभागलाई थप व्यवस्थित गर्दै लैइजाने विषयमा छलफल भयो ꠰ | ||
५. | स्वास्थ्य कार्यालय भद्रपुरबाट अनुगमन | |
मिति २०७९/०७/२७ गते स्वास्थ्य कार्यालय भद्रपुरबाट यस अस्पतालमा अनुगमन भएको छ ꠰ उक्त अनुगमन टोली बीच अस्पतालको पूर्वाधार निरक्षण साथै अस्पताल संचालन गतिविधि उपर छलफल भएको छ ꠰ |