Published Date: Feb 19, 2024
Expiry Date: Feb 25, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।११।०७ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।२९ देखि २०८०।११।०६ सम्म । इ.सं. २०२४, ७ औं हप्ता)
१. पदपूर्ति सम्बन्धमा l
- वरिष्ट सहायक (स्टाफ नर्स) पदको छनौट प्रकृया सम्पन्न भएको छ ।
- १ जना मेडिकल अधिकृतको लागि दरखास्त आह्वान गरिएको छ ।
- विद्युतको वैकल्पिक व्यवस्थापनको निमित्त मेची उद्योग वाणिज्य संघ सग समन्वय गरिएसगै मेची उद्योग वाणिज्य संघबाट प्राप्त हुने उक्त जेनेरेटर राख्न आवश्यक स्थानको निर्माण सम्पन्न गरिएको छ ।
- सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको प्राविधिक शिक्षामा गुणस्तर कायम गर्न मिति २०८०/११/०६ र ०७ गते ईटहरीमा आयोजना गरिएको तालिममा अस्पतालको तर्फबाट सहभागिता जनाईयो ।
- मेचीनगर नगरपालिका, ९ नम्बर वडा कार्यालयको आयोजनामा फाल्गुण तेश्रो हप्ता देखि संचालन हुन गईरहेको स्वास्थ्य शिविरको व्यवस्थापनको निमित्त वडा अध्यक्ष, वडा सदस्यहरु संग वैठक सम्पन्न भएको छ ।