Published Date: Jan 29, 2024
Expiry Date: Feb 04, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।१०।१५ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।०८ देखि २०८०।१०।१४ सम्म । इ.सं. २०२४, ४ औं हप्ता)
१. अस्पतालको पहिलो तलाको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाको पहिलो तलालाई प्रयोग गर्न अन्तरंग विभागको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ l
२. स्वास्थ्य शिविर संचालन सम्बन्धमा l
मेचीनगर नगरपालिका, ९ नम्बर वडा कार्यालयको आयोजनामा यस अस्पतालमा फाल्गुण पहिलो साता देखि जेष्ठ नागरिकहरुलाई लक्षित गरि स्वास्थ्य शिविर संचालन गर्न वडा कार्यालय तथा आम्दा मेची अस्पताल विच वैठक सम्पन्न भएको छ l उक्त शिविरमा विशेषज्ञ स्वास्थ्य सेवा आम्दा मेची अस्पतालले निशुल्क उपलब्ध गराउने साथै आवश्यक औषधीको प्रबन्ध अस्पतालको तर्फबाट मिलाउने समेत गर्ने सहमति गरियो l