Published Date: Jul 03, 2019
Expiry Date: Jul 22, 2019
मितिः २०७६/०३/१८
परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत प्रविणता प्रमाणपत्र तह नर्सिङ र सामान्य चिकित्सा कार्यक्रमको प्रथम, दोश्रो र तेश्रो वर्षका नियमित तथा आंशिक विद्यार्थीहरूको वार्षिक परीक्षाको निमित्त २०७६ असार ३१ गते भित्रमा नियमित शुल्क र सो समय भन्दा पछि परीक्षा आवेदन फाराम भर्ने परीक्षार्थीहरूले प्रति आवेदन नियमित शुल्कको दोव्वर दस्तुर बुझाइ २०७६ श्रावण ६ गते भित्रमा अविलम्ब परीक्षा आवेदन फाराम भर्नका लागि सम्बन्धीत सवै परीक्षार्थीहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नियमित तर्फका परीक्षार्थीहरूले बाँकी रहेको सम्पूर्ण मासिक शुल्क बुझाएपछि मात्र परीक्षा आवेदन फाराम भर्न पाइने छ ।
तोकिएको अवधि भित्र परीक्षा आवेदन फाराम नवुझाइ परीक्षामा सामेल हुन नपाइएमा प्रतिष्ठान जवाफदेही नहुने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।
परीक्षा शुल्कः
नियमित तर्फः परीक्षा आवेदन फाराम शुल्क रू. २५००/- (अक्षरेपी रू. दुइ हजार पाँच सय मात्र ) लाग्नेछ ।
आंशिक तर्फः परीक्षा आवेदन फाराम शुल्क रू. ३००/- र थप प्रति विषय रू. १५०/- का दरले लाग्नेछ ।
जेहेन्दार तथा वर्गिकृत छात्रवृत्ति प्राप्त परीक्षार्थीहरूलाइ परीक्षा शुल्क लाग्ने छैन ।
प्रशासन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक ।
नोटः
हालसालै खिचिएको एकै प्रकारको रंगिन फोटो - २ (३५x४५) प्रति ।