मितिः २०७३/०८/१०
परीक्षा आवेदन फाराम भर्ने अत्यन्त जरूरी सूचना
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयबाट प्रकाशित सूचनानुसार नियमित तथा आंशिक अ.न.मी. प्रशिक्षार्थीहरूको २०७३ माघ महिनामा संचालन हुने परीक्षाको मिति २०७३ मंसिर २४ गते शुक्रवार भित्र नियमित शुल्क र सो भन्दा पछि परीक्षा आवेदन फाराम भर्ने प्रशिक्षार्थीहरूले विलम्ब शुल्क थप रू. २००/- (दूर्इ सय मात्र) प्रति आवेदन फाराम वुझार्इ मिति २०७३ पौष १० गते भित्रमा परीक्षा आवेदन फाराम भर्नका लागि सम्बन्धीत सबै प्रशिक्षार्थीहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नियमित तर्फका प्रशिक्षार्थीहरूले बाँकी रहेको सबै मासिक तथा परीक्षा शुल्क बुझाएपछि मात्र परीक्षा आवेदन फाराम भर्न पार्इने छ ।
तोकिएको अवधि भित्र परीक्षा आवेदन फाराम नवुझार्इ परीक्षामा सामेल हुन नपार्इएमा प्रतिष्ठान जवाफदेही नहुने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।
परीक्षा शुल्कः
-
नियमित प्रशिक्षार्थीहरू तर्फः शुल्क रू. २०१०/- (अक्षरेपी रू. दुर्इ हजार दश मात्र)
-
आंशिक प्रशिक्षार्थीहरू तर्फः शुल्क रू. २००/- (अक्षरेपी रू. दुर्इ सय मात्र) र प्रति थप विषय रू. १५०/- (अक्षरेपी रू. एक सय पचास मात्र) का दरले लाग्नेछ ।
-
शैक्षिक सत्र २०६९/०७० समूहमा प्रशिक्षण लिर्इ हाल सम्म संचालित परीक्षावाट अनुत्तीर्ण भएका सम्वन्धीत सम्पूर्ण प्रशिक्षार्थीहरू ।
-
हालसालै खिचिएको पासपोर्ट सार्इजको फोटो दुर्इ प्रति ।
-
आंशिक प्रशिक्षार्थीहरूको हकमा परिषद्ले संचालन गरेको अघिल्लो परीक्षावाट प्राप्त लव्धांक पत्रको प्रितिलिपी परीक्षा आवेदन फाराम साथ अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।
प्रिन्सिपल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक, झापा