Published Date: Jul 03, 2019
मितिः २०७६/०३/१८ Expiry Date: Jul 22, 2019
परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत प्राविधिक एस.एल.सी. तर्फ ल्याव सहायक कार्यक्रमका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको निमित्त २०७६ असार ३१ गते भित्रमा नियमित शुल्क र सो समय भन्दा पछि परीक्षा आवेदन फाराम भर्ने परीक्षार्थीहरूले प्रति आवेदन नियमित शुल्कको दोव्वर दस्तुर बुझाइ २०७६ श्रावण ६ गते भित्रमा अविलम्ब परीक्षा आवेदन फाराम भर्नका लागि सम्बन्धीत सवै परीक्षार्थीहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नियमित तर्फका परीक्षार्थीहरूले बाँकी रहेको सम्पूर्ण मासिक शुल्क बुझाएपछि मात्र परीक्षा आवेदन फाराम भर्न पाइने छ ।
तोकिएको अवधि भित्र परीक्षा आवेदन फाराम नवुझाइ परीक्षामा सामेल हुन नपाइएमा प्रतिष्ठान जवाफदेही नहुने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।
परीक्षा शुल्कः
नियमित तर्फः परीक्षा आवेदन फाराम शुल्क रू. २,०००/- (अक्षरेपी रू. दुइ हजार मात्र ) लाग्नेछ ।
आशिक तर्फः परीक्षा आवेदन फाराम शुल्क रू. २००/- र थप प्रति विषय रू. १५०/- का दरले लाग्नेछ ।
जेहेन्दार तथा वर्गिकृत छात्रवृत्ति प्राप्त परीक्षार्थीहरूलाइ परीक्षा शुल्क लाग्ने छैन ।
प्रिन्सिपल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक ।
नोटः
हालसालै खिचिएको एकै प्रकारको रंगिन फोटो - १ (३५x४५) प्रति ।