Published Date: Jan 29, 2024
Expiry Date: Feb 05, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।१५ गतेआम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०८०।१०।०८ देखि २०८०।१०।१४ सम्म । ई.सं. २०२४, ०४ औं हप्ता)
१. आम्दा अस्पतालमा 5th Batch, ४२ दिने OTTM तालिम सन्चालन सुरु भएको छ ।
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८०।१०।११ देखी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NHTC को support मा "OTTM-Operation theatre technique and Management" को 5th Batch तालिम/कार्यक्रम यस आम्दा अस्पतालको तालिम हल, दमकमा सुरु भएको छ l उक्त तालिमको उद्घाटन Medical Superintendent डा. प्रकाश शर्मा ले गर्नु भयको थियो उक्त कार्यक्रममा डा. नबिन ढकाल, डा. शिखर कट्टेल, पुनम गौरो(मेट्रोन) र टिका सुबेदी(तालिम अधिकृत) ले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l उक्त तालिम मा विभिन्न अस्पताल बाट र आम्दा अस्पताल बाट एक एक जना गरी जम्मा ७ जनाले तालिममा सहभागीता जनाउनु भयको छ l ४२ दिनसम्म संचालन हुने उक्त तालिमले Operation Theatre सम्बन्धि जानकारी प्रदान गर्ने OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो ।