Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-10-25
Expiry Date: 2082-11-02

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।१०।२५, आइतवार

अवधिः वि.सं २०८२।१०।१८ देखि वि.सं.२०८२।१०।२४ गते सम्म

साप्ताहिक अंक: ०६/२०२६

१.     अख्तियारी प्रदान ।

आम्दा नेपालका अध्यक्ष डा. रोहित कुमार पोखरेलले आफु व्यक्तिगत काम विशेषले वि.सं. २०८२।१०।२० गते देखी २०८२।१०।२४ गते सम्म देश वाहिर जानुपर्ने भएकोले आफ्नो अनुपस्थितिमा अध्यक्षले निर्वाह गर्नुपर्ने भुमिका निर्वाह गर्न आम्दा नेपालका उपाध्यक्ष डा. यज्ञराज पाठकलाइ वि.सं. २०८२।१०।१९ गते लिखित अख्तियारी प्रदान गर्नुभएको छ ।

२.     कर्मचारी वढुवा ।

आम्दा नेपालको कर्मचारी बढुवा समितिको निर्णयानुसार वि.सं. २०८२।१०।२० गते कर्मचारी वढुवा सम्वन्धमा कार्यविधिमा तोकिएको प्रकृया पुरा गरी २०८२।११।०५ गते भित्र सिफारिश गर्न मातहतका कार्यालयहरूलाइ परिपत्र गरिएको छ ।

३.     संस्था दर्ताको अख्तियारी ।

आम्दा नेपाल संस्था दर्ता नविकरणका लागी आम्दा नेपालका कर्मचारी श्री प्रदिप श्रेष्ठलाइ अख्तियारी प्रदान गरिएको छ ।

४.     साँगठनिक संरचना ।

आम्दा नेपाल संस्थाको साँगठनिक संरचनामा व्यापक सुधार गरी वि.सं. २०८२।१०।२१ गतेको पत्र मार्फत सम्वन्धित कार्यालयहरूलाइ जानकारी गराइएको छ ।

५.     पचास लाख सम्मको खरिद अख्तियारी प्रदान ।

आ.व. २०८२/८३ को स्विकृत नीति योजना कार्यक्रम र वजेट अनुरूप पचास लाख सम्मको खरिद कार्यालयस्तरबाट हुन सक्ने गरी वि.सं. २०८२।१०।२१ गते अख्तियारी प्रदान गरिएको छ ।

६.     दान उपहार लिन सक्ने अख्तियारी ।

आम्दा नेपालको आर्थिक नियमावली तथा प्रचलित कानूनको प्रतिकुल नहुने गरी, आम्दा नेपाल मातहतका कार्यालयहरूले दाताहरूबाट दान उपहार लिन सक्ने गरी वि.सं. २०८२।१०।२१ गते अख्तियारी (११४०३) प्रदान गरिएको छ ।

७.     निर्देशिका अनुमोदन ।

आम्दा नेपाल, मेचीनगर नगरपालिका, र मेची उद्योग वाणिज्य संघ विच वि.सं. २०८२।०९।२५ गते हस्ताक्षरित अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशिका अनुमोदन गरिएको जानकारी सहित सवन्धित पक्षहरूलाइ वि.सं. २०८२।१०।२१ गते लिखित जानकारी गराइएको छ ।

८.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।१०।२५ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

जनशक्ति व्यवस्थापन

-       कर्मचारी विवरण (संकेत समेत) अध्यावधिक गर्ने ।

-       जनशक्ति व्यवस्थापनमा संलग्न कर्मचारीलाइ पुर्नताजगी तालिम प्रदान गर्ने ।

-       एक वर्ष भित्र उमेर हदको कारण सेवानिवृत हुने कर्मचारीको विवरण अध्यावधिक गर्ने ।

-       कर्मचारीका गुनासा र सुझावको उपयुक्त विधिबाट संवोधन भए नभएको स्थिति रूजु गरी अध्यावधिक गर्ने ।

-       कर्मचारीबाट तालिम आवश्यकताको सुझाव संकलन गरी तालिम योजना तयार गर्ने ।

-       काम, कर्तव्य र अधिकारको विवरण अध्यावधिक गर्ने ।

-       व्यक्तिगत विवरण फायलहरू अध्यावधिक गर्ने ।

-       कबुलियतनामाहरूको विवरण अध्यावधिक गर्ने ।

-       पदोन्नति, सरूवा, पदस्थापना, कारवाही लगायतको विवरण अध्यावधिक गर्ने ।

-       कर्मचारी गतिविधिको सारांश प्रकाशनको व्यवस्था गर्ने ।

-       विचारधिन मुद्दा एवं बेरूजु असुलीको अवस्था रूजु गरी आवश्यक कारवाहीका लागी प्रस्ताव गर्ने ।

-       तलब सिट संकलन गरी सुरक्षित भण्डारणको व्यवस्था गर्ने ।

सेवा शूल्क

-       इकाइगत रूपमा तोकिएको ढाँचामा सेवा शूल्कको समिक्षा गर्ने

-       सेवाशूल्क परिमार्जन गर्नु पर्ने देखिएमा प्रस्ताव तयार गर्ने

अनुगमन मूल्याङ्कन

-       अनुगमन मूल्याङ्कन कार्यविधि अध्यावधिक गर्ने ।

-       शाखागत अनुगमन मूल्याङ्कन चेकलिष्ट अध्यावधिक गर्ने ।

-       विभिन्न निकाय एवं विज्ञबाट भए गरेका अनुगमन मूल्याङ्कन प्रतिवेदन संकलन गर्ने ।

-       अनुगमन मूल्याङ्कन कार्ययोजना तयार गर्ने ।

-       अघिल्लो अवधिको सुझाव कार्यान्वयन स्थिति रूजु गर्ने ।

सुचना, प्रकाशन र संग्रह

-       आम्दा नेपालसँग सम्वन्धित लेख, रचना, सुचनामूलक जुनसुकै प्रकाशनहरू संकलन गरी सुरक्षित भण्डारण गर्ने ।

-       नियमित समाचार/गतिविधि प्रवाह कार्यविधि अध्यावधिक गर्ने ।

-       समाचार एवं गतिविधिहरू नियमित प्रवाह गर्ने व्यवस्था मिलाउने  ।

-       कार्यालयस्तरबाट आफ्ना गतिविधिहरू प्रकाशन एवं सार्वजनिक भए नभएको रूजु गर्ने ।

-       आम्दा नेपालको गतिविधि प्रकाशनको व्यवस्था मिलाउने ।

-       वेभसार्इडान प्रकाशित सामाग्री अध्यावधिक गर्ने ।

-       समाज कल्याण परिषद्मा तोकिएको ढाँचामा विवरण बुझाउन लगाउने ।

-       स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, स्थानिय निकायमा पेश भएको प्रतिवेदन संकलन गरी सुरक्षित भण्डारणको व्यवस्था मिलाउने ।

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//