Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-09-13
Expiry Date: 2082-09-19

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०९।१३, आइतवार

अवधिः वि.सं २०८२।०९।०६ देखि वि.सं.२०८२।०९।१२ गते सम्म (ई.सं २०२६ एकाउन्नौं हप्ता)

साप्ताहिक अंक: ५२/२०२६

१.     कर्मचारीको जिम्मेवारी परिवर्तन ।

आम्दा नेपालको केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी श्री उमेश प्रसाद आचार्यको वि.सं. २०८२।०९।०७ गते देखी जिम्मवारी परिवर्तन भइ लेखा शाखा प्रमुखको जिम्मेवारी तोकिएको छ । त्यसै गरी रेनुका बस्नेतलाइ लेखा शाखा सहायकको जिम्मेवारी तोकिएको छ ।

२.     पदपूर्ति सम्वन्धि नतिजा प्रकाशन ।

आम्दा नेपालले २०८२।०८।१६ र १८ गते प्रकाशन गरेको सुचना नं. ११२८८ र ११२९३ वमोजिम विभिन्न पदमा कर्मचारी पदपूर्तिको लागी वि.सं . २०८२।०९।०८ गते अन्तिम नतिजा प्रकाशन गरिएको छ ।

३.     आपूर्तिकर्ता छनौट ।

आम्दा नेपालले २०८२।०८।०८ गते प्रकाशन गरेको सुचना नं. ११२७५ वमोजिम शिमाजु डेन्टल क्लिनिकको लागी सरसामान खरिद गर्न आपूर्तिकर्ता छनौट गरि वि.सं . २०८२।०९।०९ गते सुचना नं. ११३२४ प्रकाशन गरिएको छ ।

४.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०९।१४ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

द्वन्द र गुनासो व्यवस्थापन

-       कामको संक्षिप्त विवरण

-       कार्यस्थलको गुनासा र द्वन्द व्यवस्थापन नीति अध्यावधिक गर्ने

-       सेवाग्राहीका गुनासा र सुझाव कार्यान्वयन स्थितिको प्रतिवेदन तयार गर्ने

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//