Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-08-29
Expiry Date: 2082-09-06

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०८।२९, सोमवार

अवधिः वि.सं २०८२।०८।२२ देखि वि.सं.२०८२।०८।२८ गते सम्म (ई.सं २०२५ उनान्पचासौं हप्ता)

साप्ताहिक अंक: ५०/२०२५

१.     खरिद स्विकृति प्रदान ।

सि.बा.म. अस्पतालको लागी अनुमानित मूल्य रू. ३०,०५।०००।०० प्रस्ताव भएका विभिन्न १२ प्रकारका मेडिकल उपकरण एवं फर्निचर सामान खरिदका लागी वि.सं. २०८२।०८।२३ गते स्विकृति प्रदान गरिएको छ ।

२.     आपूर्तिकर्ता छनौट ।

आम्दा नेपालको केन्द्रिय कार्यालय अवस्थित भवनको दोश्रो तलामा रहेको पुरानो सभाहललाइ विभाजन गरी थप कोठाहरू तयार गर्ने प्रयोजनको लागी वि.सं. २०८२।०७।२७ गते प्रकाशन गरेको सुचना नं. ११२४८ अनुरूप रितपुर्वक प्राप्त प्रस्ताव मध्ये सारभुतरूपमा योग्य प्रस्तावक छनौट गरि वि.सं. २०८२।०८।२३ गते आपूर्तिकर्ता  छनौट सम्वन्धि सुचना नं. ११३०० प्रकाशन गरिएको छ ।

३.     व्यक्तिगत विवरण अध्यावधिक गर्ने सुचना ।

आम्दा नेपालको केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीहरूलाइ आ अफ्नो व्यक्तिगत विवरण अध्यावधिक गर्न वि.सं. २०८२।०८।२५ गते सुचना नं. ११३०२ प्रकाशन गरिएको छ ।

४.     कार्यालय समय निर्धारण ।

आम्दा नेपालको केन्द्रिय कार्यालय आइतवार देखी विहिबार सम्म विहान १० देखी साँझ ५ वजे सम्म र शुक्रबार विहान १० देखी ३ वजे सम्म खुला रहने गरी कार्यालय समय संशोधन सहित निर्धारण गरी वि.सं. २०८२।०८।२५ गते सुचना नं. ११३०३ प्रकाशन गरिएको छ ।

५.     सल्लाहकार समिति गठन ।

वि.सं. २०८२।०८।०१ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार आम्दा नेपालको विधानको दफा १२ वमोजिम संस्थाको कार्य सुचारू रूपले सञ्चालन गर्न तथा प्रभावकारी र उद्देश्यमुलक बनाउन वि.सं. २०८२।०८।२६ गते निम्न वमोजिम एक सल्लाहकार समिति गठन भएको छ ।

क.     डा. रामेश्वर प्रसाद पोखरेल - संयोजक

ख.    डा. निर्मल रिमाल - सदस्य

ग.     डा. कृण्ण कुमार रार्इ – सदस्य

६.     पदपूर्ति समिति पुर्नगठन ।

वि.सं. २०८२।०८।०१ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार आम्दा नेपालको पदपूर्ति कार्यविधिको दफा ३ वमोजिम संस्थाको लागी आवश्यक जनशक्ति पदपूर्ति गर्ने प्रयोजनको लागी वि.सं. २०८२।०८।२६ गते निम्न वमोजिम पदपूर्ति समिति पुनर्गठन भएको छ ।

क.     डा. दुर्गा प्रसाद भँडारी - संयोजक

ख.    डा. हरिशचन्द्र उप्रेती - सदस्य

ग.     डा. नारायण बहादुर बस्नेत - सदस्य

७.     सदस्यता समिक्षा तथा अभियान समिति गठन ।

वि.सं. २०८२।०८।१६ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार आम्दा नेपालको विधानको दफा ७ तथा विगतमा गरिएका आम्दा नेपालको साँगठनिक सर्भेक्षण र अन्य अध्ययन प्रतिवेदनले सुझाव दिए अनुसार आम्दा नेपालको सदस्यताको विषयमा अध्ययन गरी कार्यसमितिलाइ राय सुझाव दिने प्रयोजनको लागी वि.सं. २०८२।०८।२६ गते निम्न वमोजिम एक सदस्यता समिक्षा तथा अभियान समिति गठन भएको छ ।

क.     डा. योगेन्द्र प्रसाद सिंह - संयोजक

ख.    डा. हरिशचन्द्र उप्रेती - सदस्य

ग.     डा. नारायण बहादुर बस्नेत - सदस्य

८.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०८।२९ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

श्रम परिक्षण

-        अघिल्लो अवधिमा सम्पन्न श्रम परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन अवस्था रूजु गर्ने ।

-        श्रम परिक्षक नियुक्ति र काम थालनीको व्यवस्था मिलाउने ।

-        श्रम परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन स्थितिको मुल्याङ्कन तथा अनुगमनका लागी चेकलिष्ट तयार गर्ने ।

-        असल श्रम अभ्यासका लागी आवश्यक नीति अध्ययन गरी सिफारिश तयार गर्ने ।

-        श्रम परिक्षण सम्पन्न श्रम परिक्षण प्रतिवेदन संवन्धित निकायमा पेश गर्ने ।

भण्डारण सुरक्षा र संरक्षण

-        कागजात संरक्षण तथा सुरक्षित भण्डारण कार्यविधि अध्यावधिक गर्ने

-        सिन, पिन र जिनको विवरण संकलन गरी अध्यावधिक गर्ने

-        भण्डारण सुरक्षा तालिम सञ्चालन गर्ने

-        संरक्षित कागजातको विवरण अध्यावधिक गर्ने

-        संरक्षित कागजातको एक प्रती संवन्धित कार्यालयलार्इ उपलब्ध गराउने एक प्रति आफुसँग राख्ने

-        काम नलाग्ने पुराना कागजपत्र नष्ट गर्न समिति गठन गर्ने

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//