Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-10-18
Expiry Date: 2082-10-24

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।१०।१८, आइतवार

अवधिः वि.सं २०८२।१०।११ देखि वि.सं.२०८२।१०।१७ गते सम्म

साप्ताहिक अंक: ०५/२०२६

१.     कार्ययोजना तयारी ।

आम्दा नेपालको कार्यकारिणी समितिका पदाधिकारीहरूले अगिल्लो हप्ता सम्पन्न गरेको परिचयात्मक भ्रमणको सिलशिलामा विभिन्न बैठकमा सहभागी कर्मचारीहरूले उठाएका सवालहरूको विषयमा कार्ययोजना तयार गरी प्रगति विवरण पेश गर्न सम्वन्धित कार्यालयहरूलाइ निर्देशन गरिएको छ ।

२.     आकस्मिक सम्पर्क जालो ।

आम्दा नेपाल, केन्द्रिय कार्यालयको आकस्मिक सम्पर्क जालो अध्यावधिक गरी सम्वन्धित कर्मचारिहरूलाइ जानकारी गराइएको छ ।

३.     सि.बा.म. अस्पतालको विस्तृत परियोजना प्रतिवेदन ।

सि.बा.म. अस्पतालको नयाँ भवन निर्माणको लागी विस्तृत परियोजना प्रतिवेदन तयारीको प्रथम चरणमा प्राप्त भवनको प्रारूप सरोकारवाला पदाधिकारीलाइ पृष्ठपोषणको लागी जानकारी गराइएको छ ।

४.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।१०।१८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र.सं.

कामको विवरण

नीति, नियम, कार्यविधि तथा निर्देशिका

-       जारी भर्इ गरिसकेका मापदण्ड, कार्यविधि, नीति, नियम, निर्देशिकाहरूको सुची अध्यावधिक गर्ने ।

-       कार्यक्रम सञ्चालनका क्रममा आवश्यक ठानिएका कार्यविधिहरूको सुची अध्यावधिक गर्ने र तयारीको कार्ययोजना वनाउने ।

-       संशोधन आवश्यक ठानिएकोमा तीन महले तयार गर्ने ।

-       जिम्मेवार कर्मचारीलाइ पुर्नताजगी प्रशिक्षण दिने ।

-       कार्यविधि अनुरूप काम गर्न आवश्यक ढाँचा नमूनाहरू तयार गरी सवन्धित कार्यविधिको अनुसुचीको रूपमा संग्रहित गर्ने ।

लेखा परिक्षण

-       आन्तरिक लेखा परिक्षणको अभ्यास र प्रतिवेदन उपर छलफल

-       आन्तरिक लेखा परिक्षण प्रतिवेदनको कार्यान्वयन समिक्षा

-       अघिल्लो अवधिमा सम्पन्न लेखा परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन अवस्था रूजु गर्ने

-       लेखा परिक्षक नियुक्ति र काम थालनीको व्यवस्था मिलाउने

-       लेखा परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन स्थितिको मुल्याङ्कन तथा अनुगमनका लागी चेकलिष्ट तयार गर्ने

-       बेरूजु फर्योटका लागी कार्ययोजना तयार गर्ने

-       लेखा अनुशासनका लागी विद्धमान नीति विलश्षेण गरी आवश्यकता अनुरूप नयाँ नीति तर्जुमा गर्ने

-       बैंक खाताहरूको स्थिति पहिचान तथा विवरण अध्यावधिक गर्ने

-       कार्यक्रमहरूको प्रगति मूल्याङ्कन गर्ने गराउने

कार्यक्रम स्विकृति (स.क.प.)

-       सञ्चालनमा रहेका कार्यक्रमहरूको नविकरण तथा स्विकृतिका लागी आवश्यक व्यवस्था गर्ने

-       सम्पूर्ण कार्यक्रमहरूको छुट्टाछुट्टै प्रगति विवरण अध्यावधिक गर्ने

-       प्रगति विवरणहरू समाजकल्याण परिषदमा पेश गर्ने

-       प्रगति विवरणहरू स्थानिय निकायमा पेश गर्ने

-       प्रगति विवरणहरू दातृ निकायमा पेश गर्ने

-       प्रतगि विवरणहरू सार्वजनिक गर्ने

-       नयाँ कार्यक्रम सञ्चालन तथा स्विकृतिका लागी आवश्यक व्यवस्था मिलाउने

विपद् व्यवस्थापन

-       आकस्मिक सेवा सञ्चालन कार्यविधि अध्यावधिक गर्ने ।

-       विपद् व्यवस्थापन तथा पूर्वतयारी सम्वन्धि तालिम सञ्चालन गर्ने ।

-       विपद् सम्वन्धि आकस्मिक स्वास्थ्य सेवा सञ्चालनका चेकलिष्ट रूजु गर्ने ।

-       विपद् व्यवस्थापन सम्वन्धि सरसामानको न्युनतम भण्डारण सुनिश्चित गर्ने

 

धन्यवाद ।

 

                                             

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//