Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-08-22
Expiry Date: 2083-03-28

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०८।२२, सोमवार

अवधिः वि.सं २०८२।०८।१५ देखि वि.सं.२०८२।०८।२१ गते सम्म (ई.सं २०२५ अठचालिसऔं हप्ता)

साप्ताहिक अंक: ४९/२०२५

१.     परामर्शदाता नियुक्त ।

श्रम अदालतमा जारी मुद्दाको प्रतिउत्तर लेखन एवं वहस पैरवीको लागी अधिवक्ताहरूको परामर्शदाताको रूपमा नियुक्त गरिएको छ ।

२.     खरिद सुचनाको म्याद थप ।

आम्दा नेपालले वि.सं. २०८२।०८।०८ गते शिमाजु डेन्टल क्लिनिकको लागी सरसामान खरिद सम्वन्धि  प्रकाशन गरेको सुचना नं. ११२७५ को म्याद थप गरी वि.सं. २०८२।०८।१६ गते पुन सुचना नं. ११२९१ प्रकाशन गरिएको छ ।

३.     अध्ययन शुल्कमा छुट सुविधा ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिजियोथेरापी विषयमा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूलाइ १५ प्रतिशत शुल्क छुट गर्ने अख्तियारी वि.सं. २०८२।०८।१७ प्रदान गरिएको छ ।

४.     पदपूर्ति सम्वन्धि प्रकाशित विज्ञापन संशोधन ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरका लागी प्रकाशित सुचना नं. ११२७४ स्थगन गरिएकोमा भुलसुधार गरी वि.सं. २०८२।०८।१६ गते पुन सुचना नं. ११२८८ प्रकाशन गरिएको छ ।

५.     सुचीदर्ताको सुचना ।

आम्दा नेपालको खरिद कार्यविधि अनुरूप आम्दा नेपाललाइ आवश्यक सरसामान एवं सेवा खरिदको लागी सुची दर्ता गर्न वि.सं. २०८२।०८।१६ गते सुचना नं. ११२८९ प्रकाशन गरी निवेदन आव्ह्रान गरिएको छ ।

६.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०८।२२ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

सहयोग परिचालन तथा सामुदायिक सेवा

-       सामुदायिक सेवा सञ्चालन कार्यविधि अध्यावधिक गर्ने

-       स्थानिय दाताहरूसँग समन्वय बैठक गर्ने

-       स्थानिय दातालाइ सम्मान कार्यक्रम आयोजना गर्ने

-       सेवा विस्तार एवं सुदृढिकरणमा अपुग श्रोतको वारेमा प्रस्तुति गर्ने

-       समुदायस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने

-       समुदायमा क्रियाशिल संघ/संस्थासँग समन्वय बैठक सञ्चालन गर्ने

-       स्थानिय सरकारसँग समन्वय गरी सामुदायिक सेवामा योगदान गर्ने

धन्यवाद ।

                                        

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//