Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-08-15
Expiry Date: 2082-08-21

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०८।१५, सोमवार

अवधिः वि.सं २०८२।०८।०८ देखि वि.सं.२०८२।०८।१४ गते सम्म (ई.सं २०२५ सतचालिसौं हप्ता)

साप्ताहिक अंक: ४८/२०२५

१.     विशेष सेवा करार नविकरण ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयगत रोजगारीमा कार्यरत कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कनका आधारमा समयगत रोजगारीमा नियुक्त गरिएको छ ।

२.     जनशक्ति व्यवस्थापन प्रणालीमा पहुँच  ।

आम्दा नेपालले प्रयोग गर्दै आएको जनशक्ति व्यवस्थापन सम्वन्धि सफ्टवेयरमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको छुट्टै खाता श्रृजना गरी सम्वन्धित कर्मचारीलाइ सफ्टवेयर प्रयोग सम्वन्धि अभिमुखीकरण गराइएको छ ।

३.     जनशक्ति व्यवस्थापन प्रणालीमा विवरण अध्यावधिक ।

आम्दा नेपालले प्रयोग गर्दै आएको जनशक्ति व्यवस्थापन सम्वन्धि सफ्टवेयरमा कर्मचारीहरूको विवरण अध्यावधिक गर्न सम्पूर्ण कार्यालयहरूलाइ वि.सं. २०८२।०८।१२ गते परिपत्र गरिएको छ ।

४.     खरिद सम्वन्धि सुचना प्रकाशन ।

शिमाजु डेन्टल क्लिनिकको लागी सरसामान खरिदको लागी वि.सं. २०८२।०८।०८ गते सुचना नं. ११२७५ प्रकाशन गरिएको छ ।

५.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०८।१५ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

कार्यसम्पादन मूल्याङ्कन

-       कर्मचारी कार्यसम्पादन मूल्याङ्कन कार्यविधि अध्यावधिक गर्ने

-       पुन का.स.मु. गराउनु पर्ने ठहर भएका कर्मचारीहरूको नियमानुसार कारवाही गर्ने

-       का.स.मु को तथ्याङ्क र सारांश अध्यावधिक गराउने

खरिद संझौता एवं समझदारी

-       संझौता कार्यान्वयन कार्यविधि अध्यावधिक गर्ने

-       समझदारी र संझौतामा हस्ताक्षर गर्ने अख्तियारीको विवरण संवन्धित सबैलाइ जानकारी गराउने ।

-       अघिल्लो अवधिमा सम्पन्न संझौताको विवरण संकलन गर्ने

-       हस्ताक्षर भएका समझदारी र संझौताको कार्यान्वयन गर्न आवश्यक चेकलिष्ट तयार गरी जिम्मेवारी तोक्ने

-       समझदारी र संझौताको म्याद तथा कार्यान्वयन स्थिति रूजु गर्ने

-       संझौता पत्रहरूको नमुना संकलन गर्ने र तीन महले बनाउन लगार्इ तहाँ समावेश गर्नु पर्ने शर्तनामाहरू अध्यावधिक गर्ने

-       बस्तु वा सेवा खरिदका लागी प्रकाशन गरिने सुचनाको नमुना अध्ययन गरी अध्यावधिक गर्ने

-       अघिल्लो अवधिमा प्रकाशित सुचनाहरू संकलन गर्ने, अध्ययन गर्ने र अध्यावधिक गर्ने

-       समझदारी र संझौताहरूको सुरक्षा गर्ने जिम्मेवार कर्मचारी तोक्ने

-       कार्यान्वयन अवस्था रूजु गरी सो को मूल्याङ्कन गर्ने कर्मचारी तोक्ने ।

पर्व दिवस र उत्सव

-       संवन्धित कार्यालयको स्थापना दिवस आयोजनाको प्रारूप तथा कार्ययोजना तयार गर्ने

-       आम्दा नेपालले मनाउने दिवसहरूको सुचि अध्यावधिक गराउने

-       कार्यक्रम सञ्चालनको कार्यविधि तयार पारी अध्यावधिक गराउने

-       पाहुना/अतिथिहरूको परिचय एवं विवरण अध्यावधिक गराउने

-       पूर्व आयोजित उत्सव तथा दिवसहरूको इलेक्ट्रोनिक विवरण सुरक्षित भण्डारणको व्यवस्था गर्ने

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//