आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।०८।०१, सोमवार
अवधिः
वि.सं २०८२।०७।२४ देखि वि.सं.२०८२।०७।३० गते सम्म (ई.सं २०२५ पैंचालिसौं
हप्ता)
साप्ताहिक
अंक: ४६/२०२५
१.
कार्यकारिणी
समितिको बैठक सम्पन्न ।
आम्दा
नेपालको ६७ औं साधारण सभाले निर्वाचित गरेको कार्यकारिणी समितिको प्रथम बैठक
वि.सं. २०८२।०७।२२ गते, डा. रोहित कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
२.
कार्यकारिणी
समितिको अभिनन्दन ।
आम्दा
नेपालको ६७ औं साधारण सभाले निर्वाचित गरेको कार्यकारिणी समितिका पदाधिकारीहरूलाइ
केन्द्रिय कार्यालयमा वि.सं. २०८२।०७।२५ गते आयोजित एक समारोह विच अभिनन्दन सहित
आम्दा नेपालले हाल सञ्चालन गर्दै आएका कार्यक्रमहरूको पूर्ण जानकारी सहितको
प्रस्तुति सम्पन्न गरिएको छ ।
३.
USHEC
परियोजनाको सरसामान हस्तान्तरण ।
आम्दा
नेपालले सञ्चालन गरेको USHEC
परियोजनाको सरसामानहरू उपयोग गर्नका लागी आम्दा मेची अस्पतालमा
वि.सं. २०८२।०७।२६ गते हस्तान्तरण गरिएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।०८।०१ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
आन्तरिक
व्यवस्थापन
-
आन्तरिक व्यवस्थापन समिति गठन
व्यवस्था रूजु गर्ने -
आन्तरिक व्यवस्थापन समितिका
सदस्यहरूको विवरण अध्यावधिक गर्ने र इमेल डोमेनमा समेत अध्यावधिक गराउने -
आन्तरिक व्यवस्थापन निर्देशिकाको
तीन महले अध्ययन गर्ने -
आन्तरिक व्यवस्थापन समिति अन्तरगतका
उप समितिहरूको गठन तथा विवरण अध्यावधिक गर्ने -
आन्तरिक व्यवस्थापन समिति बैठकका
निर्णयहरूको कार्यान्वयन अवस्था रूजु गर्ने -
आन्तरिक व्यवस्थापन समिति मार्फत
सामाजिक परिक्षणको व्यवस्था मिलाउने |
|
२ |
सरकारी कर
-
प्रचलित कानून वमोजिम अग्रिम कर
कट्टी र दाखिलाको विवरण अध्यावधिक गर्ने -
करयोग्य कारोवार भएकोमा पुन परिक्षण
गरी कर गणना,
कट्टी र दाखिला दुरूस्त भएको सुनिचिश्त गर्ने -
कर गणना, कर कट्टी र दाखिला नियमानुसार नभएको/नगरेको पाइएमा संवन्धित कर्मचारीलाइ
सचेत गराउने |
|
३ |
व्यवस्थापन
कार्यशाला
-
व्यवस्थापन कार्यशालाको एजेण्डा
तयार गर्ने -
व्यवस्थापन कार्यशालाको मिति, स्थान, सहभागी तय गर्ने |
|
४ |
सामाजिक परिक्षण
तथा समन्वय
-
सामुदायिक सेवा सञ्चालन कार्यविधि
अध्यावधिक गर्ने -
स्थानिय दाताहरूसँग समन्वय बैठक
गर्ने -
स्थानिय दातालाइ सम्मान कार्यक्रम
आयोजना गर्ने -
सेवा विस्तार एवं सुदृढिकरणमा अपुग
श्रोतको वारेमा प्रस्तुति गर्ने -
समुदायस्तरमा चेतनामूलक कार्यक्रम
सञ्चालन गर्ने -
समुदायमा क्रियाशिल संघ/संस्थासँग
समन्वय बैठक सञ्चालन गर्ने -
स्थानिय सरकारसँग समन्वय गरी
सामुदायिक सेवामा योगदान गर्ने |
धन्यवाद
।
