Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-07-17
Expiry Date: 2082-07-23

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०७।१७, सोमवार

अवधिः वि.सं २०८२।०७।१० देखि वि.सं.२०८२।०७।१६ गते सम्म (ई.सं २०२५ चवालिसौं हप्ता)

साप्ताहिक अंक: ४४/२०२५

१.     कार्यकारिणी समितिको निर्वाचन ।

आम्दा नेपालको कार्यकारिणी समिति निर्वाचनको लागी मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।

२.     जनशक्ति व्यवस्थापन प्रणाली ।

आम्दा नेपालले प्रयोग गर्दै आएको जनशक्ति व्यवस्थापन प्रणालीको प्रभावकारी उपयोगिताको लागी वि.सं. २०८२।०७।१२ गते आम्दा नेपाल र सफ्टवेयर आपूर्तिकर्ता श्री निम्बल इन्फोसिश विच पुरक संझौता सम्पन्न भएको छ ।

३.     विज्ञापन प्रकाशन ।

आम्दा नेपाल मातहत सञ्चालित शैक्षिक प्रतिष्ठानहरूको लागी रिक्त पदमा पदपूर्तिको लागी वि.सं. २०८२।०७।११ गते सुचना नं. ११२०२ प्रकाशन गरिएको छ । इच्छुक योग्य उमेदवारले अनलाइन मार्फत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

४.     खरिद सहमति प्रदान ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिठानको अनुरोध वमोजिम जम्मा अनुमानित मूल्य ८,०५,०००।०० का विभिन्न सरसामान खरिदका लागी वि.सं. २०८२।०७।१४ गते सहमति प्रदान गरिएको छ ।

५.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०७।१७ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

नीति, नियम, कार्यविधि तथा निर्देशिका

-       जारी भर्इ गरिसकेका मापदण्ड, कार्यविधि, नीति, नियम, निर्देशिकाहरूको सुची अध्यावधिक गर्ने

-       आवश्यक ठानिएका कार्यविधिहरूको सुची अध्यावधिक गर्ने र तयारीको कार्ययोजना वनाउने

-       संशोधन आवश्यक ठानिएकोमा तीन महले तयार गर्ने

-       जिम्मेवार कर्मचारीलाइ पुर्नताजगी प्रशिक्षण दिने

लेखा परिक्षण

-       आन्तरिक लेखा परिक्षणको अभ्यास र प्रतिवेदन उपर छलफल

-       आन्तरिक लेखा परिक्षण प्रतिवेदनको कार्यान्वयन समिक्षा

-       अघिल्लो अवधिमा सम्पन्न लेखा परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन अवस्था रूजु गर्ने

-       लेखा परिक्षक नियुक्ति र काम थालनीको व्यवस्था मिलाउने

-       लेखा परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन स्थितिको मुल्याङ्कन तथा अनुगमनका लागी चेकलिष्ट तयार गर्ने

-       बेरूजु फर्योटका लागी कार्ययोजना तयार गर्ने

-       लेखा अनुशासनका लागी विद्धमान नीति विलश्षेण गरी आवश्यकता अनुरूप नयाँ नीति तर्जुमा गर्ने

-       बैंक खाताहरूको स्थिति पहिचान तथा विवरण अध्यावधिक गर्ने

-       कार्यक्रमहरूको प्रगति मूल्याङ्कन गर्ने गराउने

कार्यक्रम स्विकृति (स.क.प.)

-       सञ्चालनमा रहेका कार्यक्रमहरूको नविकरण तथा स्विकृतिका लागी आवश्यक व्यवस्था गर्ने ।

-       सम्पूर्ण कार्यक्रमहरूको छुट्टाछुट्टै प्रगति विवरण अध्यावधिक गर्ने ।

-       प्रगति विवरणहरू समाजकल्याण परिषदमा पेश गर्ने ।

-       प्रगति विवरणहरू स्थानिय निकायमा पेश गर्ने ।

-       प्रगति विवरणहरू दातृ निकायमा पेश गर्ने ।

-       प्रतगि विवरणहरू सार्वजनिक गर्ने ।

-       नयाँ कार्यक्रम सञ्चालन तथा स्विकृतिका लागी आवश्यक व्यवस्था मिलाउने ।

विपद् व्यवस्थापन

-       आकस्मिक सेवा सञ्चालन कार्यविधि अध्यावधिक गर्ने ।

-       विपद् व्यवस्थापन तथा पूर्वतयारी सम्वन्धि तालिम सञ्चालन गर्ने ।

-       विपद् सम्वन्धि आकस्मिक स्वास्थ्य सेवा सञ्चालनका चेकलिष्ट रूजु गर्ने ।

-       विपद् व्यवस्थापन सम्वन्धि सरसामानको न्युनतम भण्डारण सुनिश्चित गर्ने ।

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//