Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-07-11
Expiry Date: 2082-07-16

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०७।११, मंगलवार

अवधिः वि.सं २०८२।०६।२६ देखि वि.सं. २०८२।०७।०२ गते सम्म (ई.सं २०२५ एकचालिसौं हप्ता)

साप्ताहिक अंक: ४२/२०२५

१.     स्वास्थ्य विमाको आय गणना ।

आन्तरिक राजस्व कार्यालयले आ.व. २०७७/७८ को कर परिक्षण गर्ने सिलशिलामा नेपाल सरकारबाट भुक्तानी हुन वाँकी स्वास्थ्य विमाको रकमलाइ अग्रिम आय निर्धारण गरी कर निर्धारण हुने संकेत गरेकोमा सो उपर सम्वन्धित निकायमा निवेदन पेश गरिएको छ ।

२.     समाज कल्याण परिषद्को अनुगमन ।

आम्दा जापानको आंशिक सहयोगमा आम्दा अस्पताल दमकको लागी खरिद भएको CT Scan मशिनको स्थलगत अनुगमनका लागी समाज कल्याण परिषद्दबाट खटिनु भएका अनुगमन टोली प्रमुख श्री अर्जुन बहादुर सिंह र सदस्य श्री पेम्बा तामाङ्ले वि.सं. २०८२।०६।२८ र २९ गते स्थलगत भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

३.     मतदाता नामावली प्रकाशन ।

वि.सं. २०८२।०७।२२ गते सम्पन्न हुने कार्यकारिणी समितिको निर्वाचनको लागी आम्दा नेपाल द्वारा गठित निर्वाचन समितिले वि.सं. २०८२।०६।३१ गते मतदाता नामावली प्रकाशन गरेको छ ।

४.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०७।११ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

आय संकलन, बैंकिङ्ग कारोवार

-       इकार्इगत रूपमा नियमानुसार हुनु पर्ने आय संकलन भए नभएको परिक्षण गर्ने

-       संकलित आय निमानुसार बैंक दाखिला भए नभएको रूजु गर्ने

-       कार्यालयको प्रयोजनका लागी खोलिएका बैंक खाताको अवस्था रूजु गरि अध्यावधिक गर्ने

-       बैंकले दिएको सुविधा र समग्र बैंकिङ्ग कारोवारको पुनर्मूल्याङ्कन गर्ने

-       कर्मचारीको नाममा कार्यालयको तर्फबाट जम्मा गरिने सञ्चयकोष, सामाजिक सुरक्षा लगायतका खातामा जम्मा भएको विवरण रूजू गर्ने

प्रस्तावना तयारी

-       इकाइगत रूपमा आवश्यकता पहिचान सर्भेक्षण गर्ने

-       इकाइगत सर्भेक्षणका आधारमा सेवा सुधार योजना तयार गर्न

-       कार्यालयको निर्धारित नीति, योजना तथा कार्यक्रम सञ्चालन गर्न अपुग श्रोतको खोजी गर्न प्रस्तावना तयार गर्ने

-       आम्दा नेपालको स्विकृत नीति अनुरूप कार्यक्रम सञ्चालनका लागी प्रस्तावना तयारीको योजना बनाउने

-       सरकारी निकायबाट तोकिएको ढाँचामा कार्यक्रम स्विकृति वा नविकरणका लागी प्रस्तावना तयार गर्ने

-       कार्यक्रम तथा योजना शाखाको तर्फबाट योजना गोष्ठी सञ्चालन गर्ने

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//