Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-06-27
Expiry Date: 2082-07-02

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०६।२७, सोमवार

अवधिः वि.सं २०८२।०६।२० देखि वि.सं.२०८२।०६।२६ गते सम्म (ई.सं २०२५ चालिसौं हप्ता)

साप्ताहिक अंक: ४१/२०२५

१.     बरबुझारथको मुचुल्का ।

रितपूर्वक बरबुझारथ नगरेकोमा वि.सं. २०८२।०६।२० गते मुचुल्का तयार गरी सेवाबाट हटाइएको कर्मचारीको कार्यकक्ष खाली गर्ने प्रवन्ध गरिएको छ ।

२.     छात्रावास सञ्चालन कार्यविधि

आम्दा नेपाल मातहतका शैक्षिक प्रतिष्ठानमा भर्ना भइ अध्ययन गर्ने विद्यार्थीहरूका लागी व्यवस्थित तवरले छात्रावास सञ्चालन गर्न छात्रावास सञ्चालन कार्यविधि तयार गरी लागु गरिएको छ ।

३.     निर्वाचन समिति गठन

आम्दा नेपालको विधान वमोजिम वि.सं. २०८२।०७।२३ गते कार्यकारिणी समितिको निर्वाचन सम्पन्न गर्न आम्दा नेपालका कार्यक्रम निर्देशक श्री सुदेश रेग्मीको संयोजकत्वमा निर्वाचन समिति २०८२ गठन भएको छ ।

४.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०६।२७ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

विमा

-       विमा नीति संशोधनका लागी आवश्यक छलफल गर्ने 

-       विमा कार्यविधि अध्यावधिक गर्ने  ।

-       विमालेखको विवरण तयार गरी अध्यावधिक गर्ने

-       पछिल्लो अवधिमा भएको बिमा दाबी र फस्र्यौट अवस्था रूजु गर्ने र विवरण तयार गर्न

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//