Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-06-07
Expiry Date: 2082-06-12

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०६।०७, मंगलवार

अवधिः वि.सं २०८२।०५।२९ देखि वि.सं.२०८२।०६।०६ गते सम्म (ई.सं २०२५ सैतिसौं हप्ता)                   

साप्ताहिक अंक: ३८/२०२५

१.     अक्सिजन ग्यास आपूर्ति  संझौता  

आम्दा नेपाल र शंकर अक्सिजन ग्यास प्रा.लि. बालाजु विच सि.बा.म. अस्पतालमा अक्सिजन ग्यास आपूर्ति सम्वन्धि संझौता वि.सं. २०८२।०५।३१ गते सम्पन्न भएको छ ।

२.     कार्यालय उपकरण आपूर्ति  संझौता  

आम्दा नेपाल र एपेक्स इन्फोटेक प्रा.लि., ट्रान्सगेट प्रा.लि. र वर्ड डिष्ट्रिवुशन प्रा.लि. विच कम्प्यूटर लगायत केही अन्य कार्यालय उपकरण आपूर्ति सम्वन्धि संझौता वि.सं. २०८२।०५।३१ गते सम्पन्न भएको छ ।

३.     कर्मचारी हाजिरी    

आम्दा नेपाल मातहत हाल आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा कार्यरत बरिष्ठ अधिकृत श्री प्रदिप श्रेष्ठलाइ अर्को व्यवस्था नहुन्जेलसम्म केन्द्रिय कार्यालयमा विना भत्ता काज सरूवा गरिएकोमा निजले वि.सं. २०८२।०५।३० गते देखी केन्द्रिय कार्यालयमा नियमित हाजिरी जनाउनु भएको छ ।

४.     कर्पोरेट पेमेन्ट सेवा सुचारू   

आम्दा नेपालको भुक्तानी प्रणालीलाइ पूर्णत विद्धुतिय माध्यमबाट व्यवस्था मिलाउने नीति अनुरूप वि.सं. २०८२।०५।३१ गते सिद्घार्थ बैंकलाइ भुक्तानिमा व्यवस्थामा संलग्न रहने कर्मचारीहरूको नामावली सहित आवश्यक मिलाउन पत्राचार गरिएको छ ।

५.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०६।०७ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

सुरक्षा

-       कार्यालयको सुरक्षा प्रवन्ध नीति अध्यावधिक गर्ने

-       कार्यालयको सुरक्षा प्रवन्ध सुनिश्चित गर्ने

-       कर्मचारी र सेवाग्राहीको सुरक्षा प्रवन्ध रूजु गर्ने

भौतिक परिक्षण तथा खुदगन्ति

-       भौतिक परिक्षण तथा खुदगन्ति कार्यविधि अध्यावधिक गर्ने

-       भौतिक परिक्षण तथा खुदगन्ति टोली गठन गर्ने

-       मरमत कार्ययोजना तयारी गर्ने

-       काम नलाग्ने सरसामानहरूको व्यवस्थापन गर्ने

-       अघिल्लो वर्ष र यस वर्षको सरसामानहरूको सुची रूजु गर्ने

-       नयाँ खरिद भएका सरसामानहरूको लगत कायम गर्ने

-       अनुदानमा प्राप्त सरसामानको सुची अध्यावधिक गर्ने

-       दाताहरूलार्इ धन्यवाद पत्र प्रदान गर्ने

-       दाताहरूको सुची अध्यावधिक गर्ने

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//