Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2082-10-04
Expiry Date: 2082-10-10

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।१०।०४, आइतवार

अवधिः वि.सं २०८२।०९।२७ देखि वि.सं.२०८२।१०।०३ गते सम्म

साप्ताहिक अंक: ०३/२०२६

१.     कार्यकारिणी समितिको बैठक सम्पन्न ।

आम्दा नेपालका अध्यक्ष डा. रोहित कुमार पोखरेलको अध्यक्षतामा कार्यकारिणी समितिको पाँचौं बैठक वि.सं. २०८२।०९।२७ गते सम्पन्न भएको छ ।

२.     राजीनामा स्विकृत ।

सि.बा.म. अस्पतालमा कार्यरत कर्मचारी डा. सजु अर्यालले दिनुभएको राजीनामा वि.सं. २०८२।०९।३० देखी लागु हुने गरी स्विकृत गरिएको छ ।

३.     आय विवरण पेश ।

आ.व. २०८१/८२ को लेखा परिक्षण सम्पन्न भइ, प्रचलित नियमानुसार राजस्व दाखिला गरी आन्तरिक राजस्व कार्यालयमा वि.सं. २०८२।०९।३० गते आय विवरण समेत पेश गरिएको छ ।

४.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।१०।०४ गते कार्यक्रम निर्देशक श्री सुदेश रेग्मीको अध्यक्षतामा सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र.सं.

कामको विवरण

विमा

-       विमा नीति संशोधनका लागी आवश्यक छलफल गर्ने 

-       विमा कार्यविधि अध्यावधिक गर्ने  ।

-       विमालेखको विवरण तयार गरी अध्यावधिक गर्ने

-       पछिल्लो अवधिमा भएको बिमा दाबी र फस्र्यौट अवस्था रूजु गर्ने र विवरण तयार गर्ने

आय संकलन, बैंकिङ्ग कारोवार

-       इकार्इगत रूपमा नियमानुसार हुनु पर्ने आय संकलन भए नभएको परिक्षण गर्ने

-       संकलित आय निमानुसार बैंक दाखिला भए नभएको रूजु गर्ने

-       कार्यालयको प्रयोजनका लागी खोलिएका बैंक खाताको अवस्था रूजु गरि अध्यावधिक गर्ने

-       बैंकले दिएको सुविधा र समग्र बैंकिङ्ग कारोवारको पुनर्मूल्याङ्कन गर्ने

-       कर्मचारीको नाममा कार्यालयको तर्फबाट जम्मा गरिने सञ्चयकोष, सामाजिक सुरक्षा लगायतका खातामा जम्मा भएको विवरण रूजू गर्ने

योजना र कार्यक्रम

-       नीति, योजना, कार्यक्रम र बजेट तयारी कार्यविधि अध्यावधिक गर्ने

-       स्विकृत नीति, योजना, कार्यक्रम र बजेटको कार्यान्वयन स्थिति समिक्षा गर्ने

-       प्रगति सुचकाङ्कहरू अध्यावधिक गर्ने र प्रकाशन, वितरण तथा सार्वजनिक गर्न आवश्यक व्यवस्था गर्ने

-       वार्षिक योजना रूजू गरी सहायता एवं श्रोत खोजी गर्न प्रस्तावना र अवधारणापत्र तयार गर्ने

प्रस्तावना तयारी

-       इकाइगत रूपमा आवश्यकता पहिचान सर्भेक्षण गर्ने ।

-       इकाइगत सर्भेक्षणका आधारमा सेवा सुधार योजना तयार गर्ने ।

-       कार्यालयको निर्धारित नीति, योजना तथा कार्यक्रम सञ्चालन गर्न अपुग श्रोतको खोजी गर्न प्रस्तावना तयार गर्ने ।

-       आम्दा नेपालको स्विकृत नीति अनुरूप कार्यक्रम सञ्चालनका लागी प्रस्तावना तयारीको योजना बनाउने ।

-       सरकारी निकायबाट तोकिएको ढाँचामा कार्यक्रम स्विकृति वा नविकरणका लागी प्रस्तावना तयार गर्ने ।

-       कार्यक्रम तथा योजना शाखाको तर्फबाट योजना गोष्ठी सञ्चालन गर्ने ।

 

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//