आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८३।०३।०७, आइतवार
अवधिः वि.सं
२०८३।०२।३१ देखि वि.सं.२०८३।०३।०६ गते सम्म
साप्ताहिक
अंक: २५/२०२६
१.
अतिथी सत्कार एवं बिदाइ
नेपाल
भ्रमणको शिलसिलामा नेपाल आउनुभएका आम्दा अन्तरराष्ट्रियका संस्थापक अध्यक्ष डा.
शिगेरू सुगानामी, आम्दा अन्तरराष्ट्रियका महासचिव डा. युसुफ इरावान, आम्दा नेपालका
अध्यक्ष डा. रोहित कुमार पोखरेलले वि.सं. २०८३।०२।३० गते देखी केही दिन सिद्धार्थ
बाल तथा महिला अस्पताल, बुटवल भ्रमण गरी स्वदेश फर्किनु भएको छ ।
२.
अध्ययन शूल्कमा छुट सुविधा ।
आम्दा स्वास्थ्य
विज्ञान प्रतिष्ठान दमकमा फिजियोथेरापी र रेडियोग्राफी विषयमा यस वर्ष अध्ययन गर्न
चाहने इच्छुक विद्यार्थीहरूलाइ विशेष छुट प्रदान गर्ने निर्णय भएको छ ।
३.
नमूना ढाँचा अध्यावधिक ।
आम्दा
नेपालको दैनिक प्रशासनिक काममा प्रयोग हुने छपाइ नमूना ढाँचाहरूलाइ editable PDF फर्माटमा तयार गरी वेभसाइडबाट डाउनलोड
गर्न मिल्ने गरी अध्यावधिक गरिएको छ ।
४.
नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८३।०३।०७ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा
निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको
जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
भण्डारण सुरक्षा र संरक्षण -
कागजात संरक्षण तथा सुरक्षित
भण्डारण कार्यविधि अध्यावधिक गर्ने । -
सिन, पिन र जिनको
विवरण संकलन गरी अध्यावधिक गर्ने -
भण्डारण सुरक्षा तालिम सञ्चालन
गर्ने -
संरक्षित कागजातको विवरण अध्यावधिक
गर्ने -
संरक्षित कागजातको एक प्रती
संवन्धित कार्यालयलार्इ उपलब्ध गराउने एक प्रति आफुसँग राख्ने -
काम नलाग्ने पुराना कागजपत्र नष्ट
गर्न समिति गठन गर्ने |
|
२ |
मासिक / वार्षिक प्रतिवेदन -
अगिल्लो अवधिमा सम्पन्न कामको
संक्षिप्त विवरण संकलन, सम्पादन र संग्रह गर्ने । -
प्रत्येक इकाइगत प्रगति प्रतिवेदनको
ढाँचा अध्यावधिक गर्ने । -
इकाइगत स्वमूल्याङ्कन प्रतिवेदनमा
उल्लेखित सुधार रूजु गर्ने । -
कार्यालयस्तरको मासिक प्रतिवेदन
तयार गरी वेभसाइडमा अपलोड गर्ने । -
कार्यालयस्तरको त्रैमासिक प्रगति
प्रतिवेदन सार्वजनिक रूपमा वेभसाइडमा प्रकाशन गर्ने । |
धन्यवाद
।
