Gokarneshwar Municipality - 6, Jorpati Tel:

Adult Literacy
Published Date: 2083-02-03
Expiry Date: 2083-02-09

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८३।०२।०३, आइतवार

अवधिः वि.सं २०८३।०१।२७ देखि वि.सं.२०८३।०२।०२ गते सम्म

साप्ताहिक अंक: २०/२०२६

१.           विस्तृत परियोजना प्रतिवेदन तयारी बैठक सम्पन्न ।

आम्दा नेपाल मातहतको सिद्घार्थ बाल तथा महिला अस्पतालको शैया विस्तार समेतको लागी हाल तयारीको चरणमा रहेको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने परामर्शदाता श्री इभरसेफ प्रा.लि. सँग वि.सं. २०८३।०१।२७ गते आम्दा नेपालको केन्द्रीय कार्यालयमा प्रस्तावित भवनको बनौटको विषयमा तेश्रो पटक छलफल बैठक सम्पन्न भएको छ । उक्त बैठकमा इभरसेभको तर्फबाट प्रवन्ध निर्देशक र्इ. सज्जन कुमार शाही,  निर्देशक र्इ. दिपक बहादुर बोहरा, आर्किटेक्ट प्रविन बस्नेत र आम्दा नेपालको तर्फबाट अध्यक्ष डा. रोहित कुमार पोखरेल, परामर्शदाता डा. रामेश्वर प्रसाद पोखरेल, सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद कुमार पोखरेल, मेट्रोन श्री कल्पना वि.क., कार्यक्रम निर्देशक सुदेश रेग्मी, बरिष्ठ अधिकृत श्री प्रदिप श्रेष्ठ को सहभागिता रहेको थियो । यस बैठकमा प्रस्तावित भवनको डिजाइन गर्दा अन्डरग्राउण्ड एक तला सहित जम्मा ६ तला सम्म निर्माण योग्य बनाउने र कम्तिमा २०० वेड क्षमताको बनाउँदा नेपाल सरकारको मापदण्ड अनुरूपको बनाउने सहमति गरिएको छ ।

२.           सदस्यता समिक्षा तथा अभियान समितिको प्रतिवेदन प्रस्तुत ।

आम्दा नेपालले गठन गरेको सदस्यता समिक्षा तथा अभियान समितिका संयोजक डा. योगेन्द्र प्रसाद सिंहले वि.सं. २०८३।०१।२७ गते एक समारोहका विच आम्दा नेपालका अध्यक्ष डा. रोहित कुमार पोखरेल समक्ष प्रतिवेदन प्रस्तुती तथा हस्तान्तरण गर्नु भएको छ । प्रतिवेदनको प्रस्तुति समितिका संयोजक डा. योगेन्द्र प्रसाद सिंह, सदस्य डा. हरिषचन्द्र उप्रेती, सदस्य डा. नारायण बहादुर बस्नेतले संयुक्त रूपमा गर्नुभएको थियो । आम्दा नेपालका कोषाध्यक्ष डा. माधव प्रसाद खनाल, सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा सदस्य डा. विनोद कुमार पराजुलीको समेत उपस्थिति रहेको थियो ।

३.           नीति, नियम, कार्यविधि तथा निर्देशिका समिक्षा ।

वि.सं. २०८३।०२।२३ गते विहान ९ वजे प्रारम्भ हुने गरी आव्ह्रान भएको आम्दा नेपालको ६८ औं साधारण सभामा प्रस्तुत गर्ने प्रयोजनको समेतको लागी संशोधन आवश्यक भएको हकमा तीन महले नीति, नियम, कार्यविधि एवं निर्देशिका संशोधन प्रस्ताव माग गरिएको छ ।  

४.           विज्ञापन प्रकाशन ।

वि.सं. २०८३।०१।२७ गते आम्दा नेपाल मातहतका कार्यालयहरूमा रिक्त पदमा कर्मचारी पदपूर्तिको लागी विज्ञापन नं. ११५९० र वि.सं. २०८३।०१।२८ गते सुचना नं. ११५९२ प्रकाशन गरिएको छ ।

५.           नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८३।०२।०३ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

जनशक्ति व्यवस्थापन

-       कर्मचारी विवरण (संकेत समेत) अध्यावधिक गर्ने ।

-       जनशक्ति व्यवस्थापनमा संलग्न कर्मचारीलाइ पुर्नताजगी तालिम प्रदान गर्ने ।

-       एक वर्ष भित्र उमेर हदको कारण सेवानिवृत हुने कर्मचारीको विवरण अध्यावधिक गर्ने ।

-       कर्मचारीका गुनासा र सुझावको उपयुक्त विधिबाट संवोधन भए नभएको स्थिति रूजु गरी अध्यावधिक गर्ने ।

-       कर्मचारीबाट तालिम आवश्यकताको सुझाव संकलन गरी तालिम योजना तयार गर्ने ।

-       काम, कर्तव्य र अधिकारको विवरण अध्यावधिक गर्ने ।

-       व्यक्तिगत विवरण फायलहरू अध्यावधिक गर्ने ।

-       कबुलियतनामाहरूको विवरण अध्यावधिक गर्ने ।

-       पदोन्नति, सरूवा, पदस्थापना, कारवाही लगायतको विवरण अध्यावधिक गर्ने ।

-       कर्मचारी गतिविधिको सारांश प्रकाशनको व्यवस्था गर्ने ।

-       विचारधिन मुद्दा एवं बेरूजु असुलीको अवस्था रूजु गरी आवश्यक कारवाहीका लागी प्रस्ताव गर्ने ।

-       तलब सिट संकलन गरी सुरक्षित भण्डारणको व्यवस्था गर्ने ।

अनुगमन मूल्याङ्कन  

-       अनुगमन मूल्याङ्कन कार्यविधि अध्यावधिक गर्ने ।

-       शाखागत अनुगमन मूल्याङ्कन चेकलिष्ट अध्यावधिक गर्ने ।

-       विभिन्न निकाय एवं विज्ञबाट भए गरेका अनुगमन मूल्याङ्कन प्रतिवेदन संकलन गर्ने ।

-       अनुगमन मूल्याङ्कन कार्ययोजना तयार गर्ने ।

-       अघिल्लो अवधिको सुझाव कार्यान्वयन स्थिति रूजु गर्ने ।

सुचना, प्रकाशन र संग्रह  

-       आम्दा नेपालसँग सम्वन्धित लेख, रचना, सुचनामूलक जुनसुकै प्रकाशनहरू संकलन गरी सुरक्षित भण्डारण गर्ने ।

-       नियमित समाचार/गतिविधि प्रवाह कार्यविधि अध्यावधिक गर्ने ।

-       समाचार एवं गतिविधिहरू नियमित प्रवाह गर्ने व्यवस्था मिलाउने  ।

-       कार्यालयस्तरबाट आफ्ना गतिविधिहरू प्रकाशन एवं सार्वजनिक भए नभएको रूजु गर्ने ।

-       आम्दा नेपालको गतिविधि प्रकाशनको व्यवस्था मिलाउने ।

-       वेभसार्इडान प्रकाशित सामाग्री अध्यावधिक गर्ने ।

-       समाज कल्याण परिषद्मा तोकिएको ढाँचामा विवरण बुझाउने ।

-       स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, स्थानिय निकायमा पेश भएको प्रतिवेदन संकलन गरी सुरक्षित भण्डारणको व्यवस्था मिलाउने ।

 

 

 

 

 

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//