आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।१२।१५, आइतवार
अवधिः
वि.सं २०८२।१२।०८ देखि वि.सं.२०८२।१२।१४ गते सम्म
साप्ताहिक
अंक: १३/२०२६
१. सफ्टवेयर प्रयोगकर्ता खाता ।
स्वास्थ्य
विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूको सफ्टवेयर पहुँचको लागी प्रयोगकर्ता
खाता श्रृजना गरी सम्वन्धित कर्मचारिहरूलाइ वि.सं. २०८२।१२।१० गते अभिमुखीकरण
प्रदान गरिएको छ ।
२. श्रम समन्वय ।
श्रम
अदालतमा विचारधिन मुद्दाको विषयमा सि.बा.म अस्पताल व्यवस्थापन र आम्दा नेपालको
तर्फबाट नियुक्त परामर्शदाता विच परिचयात्मक तथा समन्वय बैठक वि.सं. २०८२।१२।१२
गते सम्पन्न भएको छ ।
३. परिचयपत्रको नयाँ ढाँचा ।
आम्दा
नेपालको प्रकाशन कार्यविधि अनुरूप कर्मचारी परिचयपत्रमा प्रयोगहुने रङ् सहित
वि.सं. २०८२।१२।११ गते नयाँ ढाँचा निर्धारण गरिएको छ ।
४. निशुल्क औषधि प्राप्त गर्ने संझौता ।
सि.बा.म. अस्पताल र अमेरिका स्थित डायरेक्ट
रिलिफ नामक संस्था विच सि.बा.म. अस्पतालमा निशूल्क उपचार गरिने चिनीरोगका
विरामीहरूलाइ प्रदान गरिने औषधि प्राप्त गर्ने सम्वन्धमा भएको संझौतापत्र वि.सं. २०८२।१२।११गते प्राप्त भएको छ ।
५. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।१२।१५ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
द्वन्द र गुनासो व्यवस्थापन
-
कामको संक्षिप्त विवरण -
कार्यस्थलको गुनासा र द्वन्द
व्यवस्थापन नीति अध्यावधिक गर्ने -
सेवाग्राहीका गुनासा र सुझाव
कार्यान्वयन स्थितिको प्रतिवेदन तयार गर्ने |
